
दोधारा चाँदनीमा नेपाल राष्ट्रिय शिक्षक संगठनको माध्यमिक विद्यालय स्तरीय हाजिरी जवाफ प्रतियोगिता, लक्ष्मी मावि प्रथम

महेन्द्रनगर । नेपाल राष्ट्रिय शिक्षक संगठन कञ्चनपुरले दोधारा चाँदनीमा नगरपालिकामा हाजिरी जवाफ प्रतियोगिता गरेको छ ।
संगठनका अध्यक्ष अध्यक्ष उत्तम विष्टको प्रमुख आतिथ्यमा गरिएको कार्यक्रममा नगर अध्यक्ष चन्द्रदेब पन्तले अध्यक्षता गरे ।

प्रतियोगितामा ६ विद्यालयका कक्षा ९ र १० का विद्यार्थीले भाग लिएका छन् । कार्यक्रममा दोधारा चाँदनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश प्रसाद मिश्र, शिक्षा शाखा प्रमुख हरि दत्त जोशी लगायत सहभागी भए ।
संगठनका उपाध्यक्ष पुस्पा जोशीले कार्यक्रम सञ्चालन गरिन् । प्रतियोगितामा लक्ष्मी माबि प्रथम, शंकर पार्वति द्वितीय र महाकाली आदर्श माबि.तृतीय भएका छन् ।
विजेता विद्यालयलाई प्रथम पुरस्कार एक हजार आठ सय, द्वितीय पुरस्कार एक हजार पाँच सय र तृतीय पुरस्कार एक हजार दुई सय प्रदान गरिएको छ ।
