

महेन्द्रनगर । फलोरिडा इन्टरनेशनल बोडिङ्ग स्कुलले २५औं वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ । विद्यालयका प्रधानाध्यापक जयराज ओझाको सभापतित्व एबम् सुदूरपश्चिम विश्वविद्यालय शिक्षा शास्त्र संकायका डिन भवानी चलाउने प्रमुख अतिथि थिए ।
विद्यालयको बार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गदै विद्यालयले स्थापनाकालदेखि नै गुणस्तरीय बार्षिक परिक्षामा कक्षागतरुपमा उत्कृष्ठ हुने तिन जना विद्यार्थीहरुलाई प्रमाण पत्र प्रदान गरीएको छ ।

त्यसैगरी अतिरिक्त क्रियाकलापहरुमा उत्कृष्ठ स्थान हासिल गर्ने विद्यार्थीहरुलाई मेडल तथा प्रमाण पत्र प्रदान गरीएको छ । पुर्व विद्यार्थी, उत्कृष्ठ अभिभावकलाई पनि सम्मान तथा प्रमाण पत्र वितरण गरीएको छ ।

स्कूलले बरिष्ठ पत्रकार चित्रांग थापा र माहिला तथा बालिबालिका बेचविखनको विरुद्धमा काम गर्ने संस्था माईति नेपाल कञ्चनपुरकी संयोजक महेश्वरी भट्टलाई सम्मान गरेको छ । उनीहरुलाई सम्मान पत्र तथा दोसल्ला ओडाएर सम्मान गरिएको छ ।
फलोरीडाले गरिव तथा जेहेन्दार विद्यार्थीहरुलाई छात्रबृत्ति प्रदान गर्दै आईरहेको छ । यस विद्यालयबाट एसएलसी गरेका विद्यार्थीहरु देश तथा विदेशका उच्च ओहोदामा कार्यरत छन् ।
मण्टेश्वरीदेखि कक्षा १२ सम्म अध्ययन हुने यस विद्यालयमा हाल ९ सय बढी छात्र–छात्रा अध्ययनरत छन् । विभिन्न विद्यालयका शिक्षक, अभिभावक तथा सरोकारवालाहरुको गरीमामय उपस्थिति रहेको छ ।
कार्यक्रममा विद्यार्थीहरुले विभिन्न कला संस्कृति झल्किेन तथा राष्ट्रभाव जगाउने नृत्य गरेर उपस्थित सबैलाई भरपुर मनोरञ्जन दिएका छन् ।
विद्यालयले विद्यार्थीहरुको क्षमता अभिबृद्धि गर्न विभिन्न अतिरिक्त क्रियाकलाप साईन्स एक्जीकेसन, फुडफेष्ट लगायका कार्यक्रम गर्दै आईरहको छ ।

