ghar sansar

राहत शिक्षक भएर आफैंले पढाएको विद्यालयमा बेलडाँडी अध्यक्षले मच्चाए भाँडभैलो

khasi

भवानीदत्त भट्ट

महेन्द्रनगर । बेलडाँडी गाउँपालिकास्थित एक विद्यालयमा विगत ६ महिनादेखि गणित विषयको पठनपाठन अवरुद्ध भएको छ । गाउँपालिकाको वडा नं. ५ भुर्सास्थित गणेश माध्यमिक विद्यालयमा शिक्षक दरबन्दी मिलानमा भएको विवादका कारण पठनपाठन प्रभावित बनेको हो ।

गत असोज ९ गते बसेको गाउँ कार्यपालिका बैठकले वडा नं. २ स्थित रौलेश्वर माध्यमिक विद्यालयका प्रधानाध्यापक तथा गणित शिक्षक कृपाराम उपाध्यायलाई दरबन्दी मिलान तथा व्यवस्थापनका लागि गणेश माध्यमिक विद्यालय, मोहनपुर भुर्सामा पदस्थापन गर्ने निर्णय गरेको थियो ।

शिक्षा शाखा प्रमुख भानुभक्त जोशीले तयार पारेको प्रस्तावका आधारमा गाउँपालिका अध्यक्ष हरिशचन्द्र रानाले गणित विषयका स्थायी शिक्षक उपाध्यायलाई गणित विषयको स्थायी दरबन्दी नै नभएको गणेश माविमा राहत दरबन्दीमा मिलान गर्ने निर्णय गरेपछि उपाध्याय असन्तुष्ट बनेका हुन् ।

२०७६ देखि रौलेश्वर माविमा गणित शिक्षक तथा प्रधानाध्यापक रहेका उपाध्यायले उक्त निर्णय विरुद्ध प्रशासकीय अदालतमा निर्णय खारेजीको माग गर्दै निवेदन दर्ता गरेका थए ।

अदालतले स्थानीय सरकार सञ्चालन ऐन, २०७४, शिक्षा ऐन, २०८२, शिक्षा नियमावली, २०५९, शिक्षक सरुवा निर्देशिका, २०८१ तथा शिक्षक दरबन्दी मिलान तथा व्यवस्थापन कार्यविधि, २०७६ विपरीत पदस्थापन गरिएको ठहर गरेको छ ।

अदालतले उपाध्यायलाई रौलेश्वर माविमै अध्यापन गराउन आदेश दिएको भए पनि गाउँपालिकाले उक्त आदेशविरुद्ध पुनरावेदन दिएको थियो । पुनरावेदनको टुङ्गो नलाग्दासम्म उपाध्यायलाई यथास्थितिमा राख्न अदालतले गत कात्तिक २७ गते अन्तरिम आदेश जारी गरेको थियो ।

dirghayi clinic

अदालतको आदेश अवज्ञा गर्दै गाउँपालिका अध्यक्ष राना र शिक्षा शाखा प्रमुख जोशीले उपाध्यायलाई गणेश माविमा अध्यापन गराउन दबाब दिएको गाउँपालिकाका उपाध्यक्ष शान्ति नाथले बताइन् ।

कार्यविधिविपरीत निर्णय नगर्न आग्रह गर्दा पनि मनोमानी भएको उनको भनाइ छ ।

गणेश माविमा गणित शिक्षक अभाव हुँदा विद्यार्थीहरूको पठनपाठन प्रभावित बनेको छ । साथै, शिक्षा शाखाले विगत ६ महिनादेखि उपाध्यायको तलबसमेत रोक्का गरेको पाइएको छ । रौलेश्वर माविमा अध्यापन गराउँदै आएका उपाध्यायले लामो समयदेखि तलब नपाएको गुनासो गरेका छन् ।

यता, शिक्षा शाखा प्रमुख जोशीले गणेश माविमा शिक्षक अभाव भएपछि उपाध्यायलाई पठाउन खोजिएको तर नजाँदा समस्या भएको बताए ।

आगामी शैक्षिक सत्रदेखि नियमित पठनपाठन सञ्चालन गर्न पहल गरिने उनको भनाइ छ । केही दिनभित्रै फागुनसम्मको तलब खातामा पठाइने पनि उनले जानकारी दिए ।

बेल्डाँडी अध्यक्ष राना ५ नम्बर वडाका वासिन्दा हुन् । उनी २०७९ को स्थानीय तह निर्वाचनमा अध्यक्ष हुन अघि गणेश मावि भुर्सामा राहत दरबन्दीका शिक्षक थिए ।

अध्यक्ष राना काँग्रेस कञ्चनपुरका उप सभापति हुन् । शिक्षकबाट राजीनामा दिएर उनी गाउँपालिका अध्यक्ष चुनाव लडेका थिए ।

त्यस अघि उनी काँग्रेसको १४ औं महाधिवेशनबाट उप सभापति निर्वाचित भएका हुन् । काँग्रेसबाट निर्वाचित उपाध्यक्ष नाथसित समन्वय नगरी अघि बढेपछि चुनाव जितेपछि उनीहरुबीच विवाद छ ।

Himal dental
सम्बन्धित
Loading...