ghar sansar

अस्पताल सुधारका लागि महाकाली अस्पतालका अध्यक्षले लिए पत्रकारबाट सुझाव

khasi

महेन्द्रनगर । महाकाली प्रादेशिक अस्पताल व्यवस्थापन समितिका नव नियुक्त अध्यक्ष महेश प्रसाद पन्तले जिल्लास्थित पत्रकारहरुसित छलफल गरी अस्पताल सुधारका लागि सुझाव लिएका छन् ।

अस्पताल अध्यक्ष नियुक्त भएपछि अस्पताल सुधारका लागि सरोकारवालासित सुझाव लिने क्रममा मंगलबार नेपाल पत्रकार महासंघ कञ्चनपुरका पदाधिकारी सहित पत्रकारहरुसित कार्यक्रम गरी छलफल गरेका छन् ।

पत्रकारहरुसित छलफल कार्यक्रममा नेपाल पत्रकार महासंघ कञ्चनपुरका अध्यक्ष सुरेश धामी सहित पदाधिकारी, अस्पताल व्यवस्थापन समिति सदस्य र अस्पतालका चिकित्सक सहभागी भए ।

कार्यक्रममा अध्यक्ष पन्तले पत्रकारले अस्पतालमा देखेको समस्या र समाधानका लागि चाहिने आवश्यक सुझावका लागि कार्यक्रम गरिएको बताए ।

‘यो अस्पताल कसरी अघि बढाउने, विगतमा यो अस्पतालका के राम्रा प्रयास थिए, के समस्या थिए, अवस्था कस्तो थियो, त्यसको समाधानका लागि के कस्ता कार्य गर्नु आवश्यक छ भनेर सुझाव दिन यो कार्यक्रम राखिएको हो’ कार्यक्रमको औचित्थ्यमाथि जानकारी गराउँदै अध्यक्ष पन्तले भने ।

पत्रकारले असस्पतालबाट प्रवाह हुने सेवा सुविधा लगायत सबे पक्षलाई निगरानी गर्दै आएकाले कार्यक्रमबाट आउने सुझावले समितिलाई सुधारका कार्यक्रम गर्न सहयोग पुग्ने अपेक्षा पन्तले व्यक्त गरे ।

कार्यक्रममा पत्रकार महासंघका अध्यक्ष धामी सहित उपाध्यक्ष धर्मा रोकाया, सचिव कुन्दन पाण्डेय, सदस्यहरु दिनेशराज ओझा, पत्रकारहरु मनोज भट्ट, रमेश भट्ट, मदन गिरी लगायतले असपताल सुधारका लागि सुझाव दिए ।

पत्रकारहरुले अस्पतालमा स्वास्थ्यकर्मीको व्यवहार सुधार गर्न पर्ने, शौचालय सफा सुग्घर हुन पर्ने, चिकित्सकहरु अन ड्य्ुटी हुनु पर्ने, पूर्जा काट्ने स्थानमा लाइन व्यवस्थित हुन पर्ने, पहुँचका आधारमा स्वास्थ्यकर्मी र कर्मचारी नियुक्त रोकिनु पर्ने लगायतका सुझाव दिए ।

सहभागी पत्रकारको धारणा सकिएपछि अध्यक्ष पन्त र अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. जगदीश जोशीले कार्यक्रमबाट आएका सुझावका आधारमा सुधारका कार्य अघि बढाइने प्रतिवद्धछता व्यक्त गरे ।

प्रमुख मेडिकल सुपरिटेन्डेन्ट जोशीले अस्पतालको वर्तमान अवस्थाबारे जानकारी दिए ।

सुदूरपश्चिम सरकारको सामाजिक विकास मन्त्रालयले चैत ५ गते पन्तलाई अध्यक्ष नियुक्त गरेको थियो ।

अध्यक्ष पन्तले अस्पताल सुधार र व्यवस्थित गरी नागरिकको स्वास्थ्य अधिकार सुनिश्चित गर्ने आफ्नो चाहना भएको कार्यक्रममा उल्लेख गरे ।

अस्पतालका असल कार्यबारे प्रचारप्रसार हुन नसकेकाले जनता भ्रममा परेर सेवा लिनबाट वञ्चित भएको उनको भनाई थियो ।

dirghayi clinic

‘प्रचारप्रसार हुुन पथ्र्यो, जति हुनु पथ्र्यो, त्यति हुन सकेको छैन, अब हुनेछ’ उनले भने,‘यहाँ मेसु साप हुनु हुन्छ, हामी सबै मिलेर यो काम गर्नेछौ ।’

अस्पताल विकास समिति र अस्पताल प्रशासन दुबैले हरेक कमजोरी र गुनासा तत्काल समाधान हुने गरी अघि बढ्ने अध्यक्ष पन्तले बताए ।

पत्रकारले समिति र प्रशासनका सबै कमी कमजोर उजागर गर्न सक्ने उल्लेख गर्दै कहिलेकाँही सानातिना कुरा मिडियाबाट बाहिर आउँदा समस्या पर्ने धारणा पन्तले राखे ।

अध्यक्षको पदभार ग्रहणपछि सुधारका लागि सबै पक्षसित सुझाव लिदै आएको उल्लेख गर्दै उनले आफू विहानदेखि राति १० बजेसम्म अस्पतालमा हुने बताए ।

‘आज तपाईहरुसित कार्यक्रम छ, अस्पतालका चिकित्सक, नर्स, कर्मचारीसित छलफल गरिएको छ, म विहानदेखि राति ९÷१० बजेससम्म अस्पतालमै हुन्छु’ उनले भने ।

पदभार ग्रहणपछि गरिएको निर्णय कार्यान्वयनको चरणमा प्रवेश गरेको अध्यक्ष पन्तले उल्लेख गरे ।

अस्पतालका तीन स्थानमा सुझाव पेटिका राख्ने, अस्पताल हाताभित्रको एटिएम २४ सै घण्टा खुल्ला गर्ने र सरसफाई गर्ने कार्य व्यवस्थित बनाउने तीन निर्णय गरिएका थिए ।

सुझाव पेटिका राख्ने तयारी अन्तिम चरणमा पुगेको र एटिएमका लागि बैंकसित कुराकानी गरिएको उनले जानकारी दिए ।
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. जोशीले तत्काल लागू गर्न सकिने सुझावलाई तत्काल कार्यान्वयनमा लैजाने र त्यस बाहेकको हकमा प्रक्रियामा थालनी गरी अघि बढ्ने प्रतिवद्धता व्यक्त गरे ।

कार्यक्रममा समितिका सदस्यहरु इन्द्र साउद, प्रशान्त भट्ट, अस्पतालका चिकित्सक डा. अर्जुन भट्ट, व्यवस्थापक किनस सिह विष्ट लगायतका सहभागी भए ।

२०७८ मा तत्कालिन महाकाली अस्पताललाई स्तरोन्नति गरी महाकाली प्रादेशिक अस्पताल बनाइएको थियो ।

२०४३ मा ५० शैययको बनाएर महाकाली अञ्चल अस्पताल बनाइएको थियो । २०२० मा प्राथमिक स्वास्थ्य केन्द्रका रुपमा सुरु भएर २०३१ मा २५ शैय्याको जिल्ला अस्पताल बनाइएको थियो ।

२०६१ मा व्यवस्थापन समितिबाट ५० शैय्या थप गरिएको थियो । अहिले अस्पतालमा एक सय ६ शैय्या छन् ।

अस्पतालका मेसु डा. जोशीले पुरानो पुरानो शैय्या अनुसार अस्पतालमा जनशक्ति दरबन्दी भएकाले विरामीको चाप अनुसार सेवा प्रवाह गर्न समस्या भएको बताए ।

अस्पतालमा १८ जना विशेषज्ञ सहित एक सय जना चिकित्सक र स्वासथ्यकर्मीको दरबन्दी छ । त्यसमा ५५ जना मात्रै दरबन्दीका छन् ।

दरबन्दी र अस्पताल विकास समितिका गरी हाल अस्पतालमा दुई सय ५० जना कार्यरत छन् ।

Himal dental
सम्बन्धित
Loading...