ghar sansar

अनमीको टाउकोमा इटा प्रहार गरेपछि बैतडीको कोटिला स्वास्थ्य चौकी इन्चार्ज पक्राउ

little buddha academy
khasi

महेन्द्रनगर । बैतडीका एक स्वास्थ्य चौकी इन्चार्जले धनगढीमा आफ्नै महिला सहकर्मीमाथि कुटपिट गरेको घटना सार्वजनिक भएको छ ।

बैतडीको पुर्चौडी नगरपालिका–७ स्थित कोटिला स्वास्थ्य चौकीका इन्चार्ज सुमन लोहारले अनमी माया भट्टमाथि कुटपिट गरेका हुन्। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार लोहारले धनगढी उपमहानगरपालिका–१ अदालत रोड क्षेत्रमा भट्टमाथि इट्टा प्रहार गरी टाउको र हातमा चोट पु¥याएका थिए ।

,orning glory badhai
dirghayi clinic

स्थानीयवासीले कुटपिट भइरहेको देखेपछि तत्काल प्रहरीलाई खबर गरेका थिए । त्यसपछि घटनास्थलमै पुगेको प्रहरी टोलीले लोहारलाई नियन्त्रणमा लिएको जनाएको छ ।

कैलाली प्रहरीका प्रवक्ता डिएसपी योगेन्द्र तिमिल्सिनाले पीडित पक्षको निवेदनका आधारमा लोहारलाई हिरासतमा राखिएको जानकारी दिए । उनले हालसम्म किटानी जाहेरी नआएको र घाइते भट्टको उपचार धनगढीस्थित मायामेट्रो अस्पतालमा भइरहेको बताए ।

पीडित माया भट्टले आफू शनिबार मात्रै धनगढी आएको बताउँदै घटनाको पृष्ठभूमिबारे जानकारी दिएकी छन् । उनका अनुसार उनी कोटिलाबाट डडेल्धुरासम्म सुमन लोहारसँगै आएका थिए भने त्यसपछि दुबै जना छुट्टाछुट्टै धनगढी पुगेका थिए ।

भट्टका अनुसार अर्का सहकर्मी लोगबहादुर महरासँग फोनमा कुराकानी गरेको विषयलाई लिएर लोहारले विवाद सुरु गरेका थिए । ’म पोखरा परीक्षा दिन जाने भन्दै धनगढी आएकी हुँ । चौराहा नजिक दाँत बनाउने कामका लागि गएकी थिएँ । सुमनले लोगबहादुरसँग फोनमा किन बोलेको भन्दै झगडा सुरु ग¥यो,’ उनले भनिन्, ’त्यसपछि टेलिकम जाने भनेर दबाब दियो, मैले नमानेपछि इट्टाले टाउकामा प्रहार ग¥यो ।’

Himal dental
सम्बन्धित
Loading...