

महेन्द्रनगर । भीमदत्त नगरपालिका उप मेयर निलम लेखक जोशीले नगरपालिकाका ८ वडाका कमजोर आर्थिक अवस्था भएका बासिन्दालाई खाद्यान्न सहयोग गरेकी छन् ।
नगर उप प्रमुख कार्यक्रम अन्तर्गत वडा नम्बर १, ३, ५, ७, ९, १०, १४ र १८ का १,३,५,७,९,१०,१४,१८ का गरिब, दलित र बिपन्न परिवारलाई घरदैलोमा पुगेर खाद्यान्न बितरण गरेकी छन् ।


उप प्रमुख जोशीले वास्तविक गरिब होकि होइन भन्ने जानकारी लिनका लागि पनि प्रत्यक्ष रुपमा आफै फिल्डमा गएर बितरण गरेकी हुन् । अति गरिब दयनीय अवस्थाका केही बिपन्न परिवार का सदस्य लाई व्यक्तीगत रुपमा केही आर्थिक सहयोग पनि गरेकी छन् ।
उप प्रमुख लेखक ले प्रत्यक बर्ष आफ्नो विशेष पहलमा बिपन्न गरिव बेसाहारा हरुका लागि केही मात्रामा भए पनि राहत मिल्छ भन्ने उद्देश्यले यो कार्यक्रम राख्ने गरेको हो ।
वास्तविक बिपन्न गरिव ले यस्तो सानो खाद्यान्न राहत पाउँदा आफुलाई एक दमै खुशी महसुस भएको बताइन् ।
‘वास्तविक पीडितले राहत पाउदा मनमा आनन्द मिल्छ मनमा शान्ति मिल्छ दिनभरी दिन राम्रो बित्छ’ उनले भनिन् ।
खाद्यान्न राहत पाएका व्यक्तिहरुले जनताका जनप्रतिनिधि अहिले पायौं भन्दै खुशीका आँशु झारे ।
