ghar sansar

यस्तो छ भीमदत्तको दरबन्दी मिलान, कुन शिक्षक कहाँ गरिए सरुवा

khasi

महेन्द्रनगर । भीमदत्त नगरपालिकाको शिक्षक दरबन्दी मिलानको निर्णय सार्वजनिक गरेको छ । बिहीबार कार्यपालिका बैठकबाट निर्णय गरी विभिन्न विद्यालयको शिक्षकहरुको सरवा सम्बन्धि निर्णय सार्वजनिक गरिएको छ ।

भीमदत्त नगरपालिका ६ स्थित त्रिवेणी आधारभूत विद्यालयका स्थायी दरबन्दी शिक्षक ज्ञानु आग्रीलाई लक्ष्मी मावि सरुवा गरिएको छ । उनी अंग्रेजी विषयका शिक्षक हुन् ।

Anant bahu travels

त्रिवेणीका शान्ति मल्ल(राहत) गौरी शंकर आधारभूत नौलाखेत र महाकाली आधारभूत तुमडानीका जय बहादुर कार्कीलाई सिद्धनाथ मावि ब्रह्मदेब पुगाईको छ ।

महाकाली जनज्योतिका तर्कराज जोशी महेन्द्रनगर मावि साधारण, साधारणका लोकराज जोशीलाई सिद्धनाथ अमर मावि गड्डाचौकी, गड्डाचौकीका नरेन्द्रदेब विष्टलाई साधारण स्कुल र सिद्धनाथ आधारभूत विद्यालय बागफाँटाका मोहनदेब जोशीलाई बैजनाथ विद्या निकेतन आधारभूत विद्यालय पिपरिया सरुवा गरिएको छ ।

भीमदत्त १४ स्थित बैजनाथ आधारभूत विद्यालयका प्रधानाध्यापक पुष्पमणी जोशी महेन्द्रनगर मावि कटान र बैजनाथ विद्या निकेतन आधारभूत विद्यालयका भानदेब भट्ट सत्यवादी मावि बनगाउँ सरुवा गरिएका छन् ।

बैजनाथ आधारभूत विद्यालय वनकट्टीका पदमराज पाठक शिव ज्ञानेश्वर आधारभूत विद्यालय, शिव ज्ञानेश्वरका नविन सिह धामी महेन्द्रनगर मावि कटान पुगेका छन् ।

महेन्द्रनगर मावि कटानकी पुष्पा विष्ट जानकी कन्या मावि, अमर सहिदका हरिश प्रसाद जोशी महेन्द्रनगर मावि कटान, सोही विद्यालयका टिकेश्वरी कलौनी महेन्द्रनगर मावि, बैजानथ आधारभूत वनकट्टकी नितु पन्त महेन्द्रनगर कटान र दशरथ आधारभूत विद्यालयका मनमोहन जोशी शिव ज्ञानेश्वर भगतपुर सरुवा भएका छन् ।

शान्ति आधारभूत विद्यालयका उत्तम विष्ट महेन्द्रनगर मावि साधारण पुगेका छन् । जानकी कन्याका जगत सिह साउद सरस्वती मावि महोलिया, सरस्वती माविका सुरेन्द्र सिह धामी शान्ति निकेतन मावि सरुवा गरिएका छन् । शान्ति निकेतनकी ममता भट्ट जानकी कन्या पुगेकी छन् ।

महेन्द्रनगर मावि कटानका अम्बादत्त जोशी भृकुटी मावि, जानकी कन्याका विजयराज पन्त सरुवा भएर बैजनाथ मावि नयाँ तिलकपुर पुगेका छन् ।

बैजनाथ मावि तिलकपुरका खेमराज ओझा पञ्चकृत मावि बागफाँटा सरुवा गरिएका छन् । यसैगरी लक्ष्मी मावि बागफाँटाकी ज्योति बोहरालाई भृकुटी मावि सरुवा गरिएको छ ।

भृकुटी माविका हरिप्रिया भट्ट जानकी कन्या, भृकुटीका कृष्ण सिह साउँद बैजनाथ मावि र युवा वर्ष मावि तिल्केनीका दिवाकर जोशी महेन्द्रनगर मावि साधारण सरुवा गरिएका छन् ।

dirghayi clinic

भागरथी आधारभूत विद्यालय ओदालीका गणेश महर, रुकमणी जोशी र विन्दु् जोशी शान्ति आधारभूत वनकट्टी सरुवा गरिएका छन् । शान्ति आधारभूतका सरस्वती खड्का बैजनाथ विद्या निकेतन पिपरिया पुगाइएको छ ।

जनता आधारभूतका उर्वादत्त मिश्र विपी आधारभूत ओदाली र महाकाली जनज्योति आधारभूत भुजेलाका गणेश बहादुर सुनारलाई सोही विद्यालयमा यथावत राखिएको छ ।

महाकाली जनता आधारभूतकी महेश्वरी भट्ट विपी आधारभूत ओदाली, विपीकी देबकी भट्ट महेन्द्रनगर मावि बजार पुगेकी छन् । नगरपालिका आधारभूत विद्यालयका भुवनेश्वरी बैजनाथ विद्या निकेतन पिपरिया सरुवा गरिएकी छन् भने सोही विद्यालयकी रेखा भण्डारी सत्यवादी मावि बनगाउँ सरुवा भएकी छन् ।

महाकाली आधारभूत विद्यालय तुमडानीका बिमला भट्ट पाण्डेय र विपी आधारभूत विद्यालयका लोकेन्द्र पन्त सिद्धनाथ अमर मावि गड्डाचौकी सरुवा गरिएका छन् ।

दशरथ आधारभूत विद्यालयका दिव्यदेब भट्ट महेन्द्रनगर मावि र सोही विद्यालयका हरि बोधनी रैखोला शिवज्ञानेश्वर सरुवा गरिएका छन् । शिव ज्ञानेश्वरका बागेश्वर दत्त अवस्थीलाई बैजनाथ मावि महेन्द्रनगर पुगाइएको छ ।

दशरथ आधारभूत विद्यालयकी निर्मला जोशी र केशवराज जोशी दुबै महेन्द्रनगर मावि साधारण सरुवा भएका छन् । सोही विद्यालयका महेश्वरी अवस्थी महेन्द्रनगर मावि कटान सरुवा भएकी छन् ।

अमर सहिदकी मन्जु भट्ट महेन्द्रनगर मावि साधारण, सिद्धनाथ आधारभूत बागफाँटाका आशो यादव जानकी कन्या मावि, सोही विद्यालयका अर्जुृन गिरी लक्ष्मी मावि बागफाँटा सरुवा गरिएका छन् भने लक्ष्मी माविकी सरस्वती भट्ट जेसिज मावि राजीपुर सरुवा गरिएकी छन् ।

त्रिवेणी आधारभूत विद्यालय ऐठपुरका धनञ्जय जोशी बैजनाथ मावि महेन्द्रनगर, जेसिजका माधव गिरी भृकुटी मावि, नव दुर्गा कालिका आधारभूत विद्यालयकी द्रोपती भट्ट शान्ति निकेतन मावि ऐठपुर सरुवा भएकी छन् ।

महाकाली जनज्योति मावि भुजेलाकी ममता जोशी बैजानथ मावि महेन्द्रनगर र पञ्चकृत मावि बागफाँटाका धर्मानन्द जोशी शिवधाम गुरुकुल सरुवा भएका छन् ।

बैजनाथ विद्या निकेतनका चन्द्रदेब भट्ट जेसिज मावि राजीपुर, बैजनाथ आधारभूत टुडीखेलका बीर बहादुर बिक भीमदत्त स्मृति खल्ला र सोही विद्यालयका जनकराज जोशी बैजनाथ आधारभूत वनकट्टी सरुवा गरिएका छन् ।

बैजनाथ आधारभूत विद्यालयकी सोनु राना अमर सहित आधारभूत विद्यालय जानकी टोल सरुवा गरिएकी छन् । अमर सहिदकी लक्ष्मी जोशी बैजनाथ मावि महेन्द्रनगर पुगेकी छन् । सत्यवादीकी शान्ति देबी सिह महेश्वर मावि सुकासाल सरुवा गरिएकी छन् ।

z

Himal dental
सम्बन्धित
Loading...