ghar sansar

भीमदत्तमा विपद् पूर्व सूचना सम्बन्धी दुई दिने सचेतनामूलक कार्यक्रम

khasi

महेन्द्रनगर । Plan International Nepal को आर्थिक तथा प्राविधिक सहयोगमा वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल द्वारा सञ्चालित Resilient Future – Ending Child Marriage कार्यक्रम अन्तर्गत भीमदत्त नगरपालिकामा विपद् पूर्वसूचना सम्बन्धी दुई दिने सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा भीमदत्त नगरपालिका वडा नं. १ र ३ का गरी ४२ जना किशोरी तथा युवती तथा ९ जना किशोर तथा युवकको सहभागिता रहेको थियो।
कार्यक्रमको मुख्य उद्देश्य सहभागीहरूलाई विपद् सम्बन्धी आधारभूत जानकारी प्रदान गर्नुका साथै विपद् आउनुअघि अपनाउनुपर्ने पूर्वतयारी, जोखिम न्यूनीकरणका उपाय तथा उद्धार प्रक्रियाबारे सचेत बनाउनु रहेको आयोजकले जनाएको छ ।

dirghayi clinic

तालिममा विपद् भनेको के हो, प्राकृतिक तथा मानव सिर्जित विपद्का प्रकार, विपद्बाट जोगिन अपनाउनुपर्ने सावधानी, आपत्कालीन अवस्थाको तयारी, सुरक्षित स्थानको पहिचान तथा प्रारम्भिक उद्धारका विषयमा सहजीकरण गरिएको थियो।

सहभागीहरूले तालिमबाट प्राप्त ज्ञान तथा सीप समुदायस्तरसम्म विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

यस्ता कार्यक्रमले स्थानीय समुदायलाई विपद् प्रति सचेत, सक्षम र सुरक्षित बनाउन महत्वपूर्ण योगदान पुग्ने विश्वास गरिएको छ ।

Himal dental
सम्बन्धित
Loading...