

महेन्द्रनगर । भीमदत्त नगरपालिका १८ जानकी टोलस्थित मर्निङ्ग ग्लोरी सेकेन्ड्री स्कुलका ६ विद्यार्थी ए प्लस ग्रेड ल्याएर उत्तीर्ण भएका छन् । परीक्षामा सहभागी यमन तिवारीले सबैभन्दा बढी ३ दशमलव ९६ ग्रेड ल्याएका छन् । गत वर्ष प्राश्ना भारतीको सबैभन्दा बढी ३.९१ ग्रेड थियो ।
विद्यालयका प्रिन्सिपल चुडामणी शर्माले तिवारीको सामाजिक बाहेक सबै विषयमा ए प्लस आएको बताए । उनका अनुसार सामाजिक मात्रै तिवारीको ए ग्रेड आएको छ ।

अंग्रेजी माध्यमका विद्यार्थीलाई नेपालीमा लेख्न अप्ठेरो हुने भएकाले तिवारीको सामाजिकमा ए प्लस नआएको शर्माले बताए ।
‘यस वर्ष हाइष्ट जीपीए ३.९६ छ, गत वर्ष ३ .९१ थियो, यमन तिवारीको ४ जीपीए नै ल्याउने आश थियो, सामाजिकले अलि त्यो आश पूरा हुन दिएन’ उनले भने ।
विद्यालयका ९ जना बी प्लस ग्रेड ल्याएर उत्तीर्ण भएका छन् । मर्निङ्ग ग्लोरीमा नर्सरीदेखि कक्षा १२ सम्म पठनपाठन हुने गरेको छ ।

