
कञ्चनपुरमा सबैभन्दा पूरानो विद्यालय बैजनाथको एसईई नतिजा फड्को, ८ विद्यार्थीले ल्याए ए प्लस, मोहित कार्कीको ३ दशमलव ८४ जीपीए

महेन्द्रनगर । बैजनाथ माध्यमिक विद्यालयका कक्षा १० का विद्यार्थी सुमित ठगुन्नाले सार्वजनिक कार्यक्रममा एसईई परीक्षामा आफूले ए प्लस ल्याउने लक्ष्य सुनाएपछि सहभागी सबैले ताली बजाएका थिए । विद्यालयमा गरिएको कार्यक्रममा ठगुन्ना सहित ५ जनाले ए प्लस ल्याउने लक्ष्य सुनाएका थिए ।
विद्यालयका तत्कालिन प्रधानाध्यापक नरेन्द्र राज जोशीले एसईई नतिजा २०८२ मा सार्वजनिक भएपछि मंगलबार गत वर्ष ती विद्यार्थीले सुनाएको लक्ष्य सम्झिए ।
‘सुमित ठगुन्ना सहित ४÷५ जनाले सार्वजनिक कार्यक्रममा ए प्लस ल्याउने लक्ष्य सुनाएका थिए, विद्यार्थीहरु लक्ष्य अनुसार लगनशिल भए, त्यस कारण लक्ष्य लिएर हिँडेपछि सफल भइन्छ भन्ने प्रष्ट देखियो ।’
दार्चुलाका ठगुन्नाले महेन्द्रनगरमा डेरा गरी बैजनाथ पढेका हुन् । उनी सहित गत वर्ष एसईई ब्याचका सबै विद्यार्थीले मिहिनेत गरी सफलता पाएको जोशीले बताए ।
तत्कालिन प्रधानाध्यापक जोशी हाल सहायक प्रधानाध्यापक छन् । भीमदत्तको दरबन्दी मिलानपछि विद्यालयमा डबल बहादुर विष्ट नयाँ प्रधानाध्यापक भएका छन् ।
बैजनाथ कञ्चनपुरको सबैभन्दा पुरानो विद्यालय हो । बैजनाथका १ सय ७१ विद्यार्थी एसईईमा सहभागी भएका थिए ।
उनीहरु ५१ प्रतिशत विद्यार्थी ग्रेडेड अर्थात उत्तीर्ण भएका छन् ।
सुमित सहित ८ जना ए प्लस ल्याएर उत्तीर्ण भएका छन् । यो संख्या हालसम्मकै सबैभन्दा बढी हो । मोहिता कार्कीले सबैभन्दा बढी ३ दशमलव ८४ ग्रेड ल्याएका छन् ।
गत वर्ष ३१ र अघिल्लो वर्ष २० विद्यार्थी मात्रै ए प्लस ल्याएर उत्तीर्ण भएका थिए ।
बैजनाथका ३३ विद्यार्थी ए, ३८ बी प्लस र ७ विद्यार्थीले बी ग्रेड ल्याएका छन् । उत्तीर्ण सबै ९१ विद्यार्थीमा प्राविधिक धार (कृषि) का ६ जना छन् ।

विद्यालयका सहायक प्रधानाध्यापक जोशीले ए प्लस उत्तीर्ण विद्यार्थी संख्या बढ्दै गएकाले एसईई नतिजा अपेक्षाकृत रुपमा सन्तोसजन हुन लागेको बताए ।
एसईई तयारीका लागि विद्यालयमा दुई महिना विद्यालयमा निःशुल्क पठनपाठन गरिएको थियो । विद्यालयका विद्यार्थीको पढाईको स्तर अनुसार पठनपाठन गरिएको सहायक प्रधानाध्यापक जोशीले बताए ।
‘गत विगतमा एक दुई जनाको मात्रै उ प्लस आउने गथ्र्यो, तीन वर्षदेखि यो संख्या बढ्दै गएको छ, एसईई तयारीका लागि विद्यालयले पनि निःशुल्क पठनपाठनदेखि विद्यार्थी स्तर अनुसार पढाई सुधारका लागि ध्यान दिऔं, त्यसले सुुधारको संकेत गरेको छ’ उनले भने ।
यस वर्ष ठगुन्ना सहित कौस्तुब जोशी, एन्जिला रतोकी, उमेश बोहरा सहितले ए प्लस ल्याएका छन् ।
उनीहरुमध्ये जोश िविद्यालयका शिक्षिका कलावती जोशीकी छोरी हुन् ।
बैजनाथमा नेपाली र अंग्रेजी माध्यममा पठनपाठन हुने गरेको बताए ।
बैजनाथमा हाल एक हजार ८ सय विद्यार्थी पुगेका छन् । अंग्रेजी माध्यम सञ्चालन हुन अघि विद्यालय झण्डै दुई सय विद्यार्थीमा झरेको थियो ।
विद्यालय व्यवस्थापन समितिका तत्कालिन अध्यक्ष स्वर्गिय अच्युतराज कलौनीले विद्यालयको विकास योजना बनाएर विद्यार्थी संख्या बढाएका हुन् ।
कलौनीले डेढ वर्ष अघि निधन भएको थियो । विद्यालयमा हाल गणेश खत्री अध्यक्ष छन् ।
विद्यालयका शिक्षक अभिभावक संघ(पीटीए) का अध्यक्ष नवराज भट्टले विद्यालयले एसईई नतिजा सन्तोसजनक भएको बताए ।
यस अघि कक्षा ८ को पालिका स्तरीय परीक्षामा ९० प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए ।
