ghar sansar

श्रीमान मृत भेटिएपछि सोधपुछका लागि श्रीमति प्रहरी नियन्त्रणमा

little buddha academy
khasi

महेन्द्रनगर । दोधारा चाँदनी नगरपालिका–५ मा धारिलो हतियार प्रहार गरी एक जनाको हत्या गरिएको छ। ४५ वर्षीय लिलाराम सुनार आफ्नै घरभित्र मृत अवस्थामा फेला परेका छन् । \

dirghayi clinic

जिल्ला प्रहरी कार्यालयका अनुसार सोमबार बिहान सुनार आफ्नै घरमा हत्या भएको अवस्थामा भेटिएका हुन् । घटनाबारे मृतककी श्रीमती यशोदा सुनारले नै बिहान प्रहरीलाई जानकारी गराएकी थिइन् ।

प्रहरीका अनुसार मृतकको घाँटीमा धारिलो हतियारले प्रहार गरिएको देखिएको छ । घटनापछि प्रहरीले मृतककी श्रीमतीलाई सोधपुछका लागि नियन्त्रणमा लिएको छ भने घटनास्थलबाट चक्कु समेत बरामद गरिएको छ ।

घरमा श्रीमान–श्रीमती मात्र बस्दै आएको खुलेको छ। घटनाको कारण र विस्तृत विवरणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Himal dental
सम्बन्धित
Loading...