

महेन्द्रनगर । महाकाली सिचाई तेस्रो चरण, सिचाई तथा जल स्रोत व्यवस्थापन कार्यालय र महाकाली सिचाई व्यवस्थापन कार्यालयमा निर्माण व्यवसायीहरुले मूल्य समायोजन र व्यवासायीमाथि धरपकड बन्द गरिनु पर्ने माग राख्दै ज्ञापन पत्र बुझाएर धर्ना दिएका छ्न ।
नेपाल निर्माण व्यवसायी महासंघको केन्द्रीय आन्दोलन कार्यक्रम अनुसार निर्माण व्यवसायी संघ कंचनपुरको अगुवाईमा माग पत्र बुझाएका छ्न ।

मागपत्र बुझाएपछि व्यवसायीले ती सबै कार्यालयमा धर्ना दिएका छ्न ।
संघका अध्यक्ष पुष्पराज अवस्थीले केन्द्रिय आन्दोलन कार्यक्रम अनुसार ज्ञापन पत्र बुझाएर धर्ना दिएको बताए ।
आन्दोलन कार्यक्रम अनुसार यस अघि जिल्ला प्रशासन कार्यालय, पूर्वाधार बिकास कार्यालय लगायतका सरकारी कार्यालयम ज्ञापन पत्र बुझाएको थियो ।

