ghar sansar

सुदूरपश्चिम तराईमा शुक्रबार र शनिबार लु चल्ने सम्भावना

little buddha academy
khasi

महेन्द्रनगर । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले शुक्रबार र शनिबार सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भूभागमा तातो हावा चल्ने सम्भावना रहेको बताएको छ ।

महाशाखाका अनुसार भोलि र पर्सी लुम्बिनी प्रदेशका पहाडी तथा तराई भूभागमा तातो दिन हुने सम्भावना छ । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायु तथा नेपालको पूर्वी भूभाग नजिक रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ ।

dirghayi clinic

बिहीबार राति कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा मेघगर्जन, चट्याङ्गसहित मध्यमसम्मको वर्षा हुने सम्भावना छ ।

भोलि कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका तराई भूभाग तथा लुम्बिनी र कर्णाली प्रदेशको हिमाली र पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन, चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना छ ।

पर्सी गण्डकी प्रदेशको पहाडी भूभागको एक, दुई स्थानमा भारी वर्षा हुने पूर्वानुमान रहेको महाशाखाले जनाएको छ ।

Himal dental
सम्बन्धित
Loading...