

महेन्द्रनगर । स्वीट नेपाल कञ्चनपुरले युएनडीपी सहयोगमा संचालित “नेपालमा संकटको समयमा कानुनी सहायत सेवा परियोजना” को प्रगति तथा समीक्षा कार्यक्रम गरिएको छ ।

स्वीट नेपालका अध्यक्ष अमिर तिरुवाको अध्यक्षतामा गरिएको कार्यक्रममा उच्च सरकारी वकिल कार्यालयका सह न्याधिवक्ता ईश्वर आग्री लगायत गैर सरकारी संस्था महासंघका पूर्व अध्यक्ष नरेश सिलाल,लक्ष्मी बोहरा,नागरिक समाजका सचिव प्रभुनिधि पन्त,पत्रकार महासंघका कोषाध्यक्ष मोहन बिष्ट लगायत सहभागी भएका छन् ।
परियोजना भीमदत्त नगरपालिका वडा न १२,१३,१५ र १८ मा संचालनमा रहेको थियो । उक्त कार्यक्रमले सो वडामा रहेका अंधिकासं टोलमा गई बिभिन्न कानुनी सचेतना,परामर्स कार्यक्रम,कानुनी क्याम्पहरु तथा कानुनी सचेतनाका लागी ब्रसरद्धारा अभियान संचालन,लागु औषध नियन्त्रणका लागी अभिमुखिकरण लगायत,सुप बिश्वविद्यालयमा कानुनी संकायका बिद्यार्थीलाई परिचालन मार्फत बिभिन्न अभियान सञ्चालन टोल तथा वडामा गरिएका छन् ।
कार्यक्रममा १ हजार ४ सय २५ जना प्रत्यक्ष कार्यक्रममा सहभागी भए भने २० हजार भन्दा बढी नागरिकहरु लाई जिगल तथा ब्रसरबाट सचेतना दिईएको कुरा कार्यक्रम संयोजक अमित सुनारले जनाएका छन । कार्यक्रम लाई अझै सबै तथा दुर्गम वडाहरु सम्म लैजानका लागी सहभागिहरुले सुझाव समेत दिएका छन । कार्यक्रममा ३० भन्दा बढी संघ संस्थाका प्रतिनिधि सहभागी भएका छन् ।

