

महेन्द्रनगर । महाकाली प्रादेशिक अस्पताल अगाडि विपी शालिक चोक क्षेत्रमा शनिबार सरसफाई तथा रङ्ग रोगन कार्य गर्ने तयारी गरिएको छ ।

शनिबार बिहान ८ बजे महेन्द्रनगरका युवा व्यवसायी तथा युवा अभियन्ता सुजित श्रेष्ठको नेतृत्वमा सरसफाई तथा रङ्गरोगन कार्यक्रम हुन लागेको छ ।
अभियन्ता श्रेष्ठले कार्यक्रममा सहभागी हुन सबैमा आग्रह गरेका छन् । ‘आफ्नो ठाउँलाई सफा, सुन्दर र व्यवस्थित बनाउने उद्देश्यले सञ्चालन हुन लागेको यस सामाजिक अभियानमा सम्पूर्ण महेन्द्रनगरबासी दाजुभाइ तथा दिदीबहिनीहरूलाई सक्रिय सहभागिताका लागि हार्दिक अनुरोध गर्दछौं।’ उनले आग्रह गरेका छन् ।

