

महेन्द्रनगर । संघ सरकारले आगामी बजेटमा मझगाउ बिमानस्थलका बजेट नाअएपछि सुदूरपश्चिम सरकारमाथि दबाब दिन थालिएको छ ।
सुदूरपश्चिम सरकार बिमानस्थल पुनः निर्माणको लगानी साझेदार हो । २०७४ पछि पुनः संचालनका लागि निर्माण सुरु गरिएको बिमान्स्थलमा प्रदेश सरकारको २५ प्रतिशत लगानी गर्ने सम्झौता छ ।
प्रदेश सरकार बाहेक भीमदत्त नगरपालिका १५ प्रतिशत, दोधारा चादनीको १० प्रतिशत र नागरिक उड्डयन प्राधिकरणको ५० प्रतिशत लगानीमा बिमानस्थल बनाउने स्म्झौता छ ।
प्रदेश सरकार र स्थानीय तहको लगानी साझेदारीपछि प्राधिकरणले ठेक्का खोलेर निर्माण सुरु गरिएको थियो ।
बिमानस्थलको बिस्तारित धावन मार्ग शुक्लाफाटा राष्ट्रिय निकुञ्जको क्षेत्रमा परेपछि निर्माण कार्यमा अवरोध हुदै आएको छ ।
संघ सरकारले जेठ १५ गते आगामी आर्थिक बर्ष २०८३÷०८४ को लागि बजेट ल्याएको हो । बजेटमा बिमानस्थलका बजेट नआएपछि सामाजिक संजालमा बजेट खोजी गर्न थालिएको छ ।

सामाजिक संजालमा खै बजेट भन्दै सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीका साङ्सदलाई प्रश्न सोध्न थालिएका छन् ।
मझगाउ बिमानस्थल पुनः संचालन समितिका सचिव राजेन्द्र चन्दले सुदूरपश्चिम सरकारलाई २५ प्रतिशत रकम बजेटमा सुनिश्चित गर्न सामाजिक संजालबाट दबाब दिएका छन् ।

‘सुदूरपश्चिम प्रदेशका सबै मा. मन्त्री र प्रदेश सभा सदस्यको ध्यान जाओस, विशेष गरि अर्थमन्त्री मा. बहादुर सिह थापा, मा. प्रकाश रावल, मा. बेल बहादुर राना, मा. ओमबिक्रम भाट सरल, मा. वीर बहादुर पातल, मा. दिवान सिह बिष्टज्यू’ चन्दले सामाजिक सञ्जालमा आग्रह गरेका छन् ।
चन्द बिमान संचालनका लागि लामो समय देखि दबाब दिदै आएका थिए । निर्माण सुरु भएपछि निर्धारित समयमै काम सप्पन्न गर्न सरकारी निकायलाई आग्रज गर्दै आएका छन् ।
मझगाउ बिमान पुन संचालल अभियानमा कंचनपुर ३ का साङ्सद ज्ञानेन्द्र सिंह महता सुरुदेखि सक्रिय भएकाले आगामी बजेटमा समावेस भएर बजेट आउने अपेक्षा गरिएको थियो ।
सत्तारुढ रास्वपाबाट निर्वाचित महता मझगाउ बिमानस्थल पुन संचालन समितिका प्रेस संयोजक हुन । पूर्व डिएफको रमेश चन्द ठकुरीले समितिको नेतृत्व गरेका छन् ।
भीमदत्त नगरपालिका १८ का जगदीश बोहराले भने बिमान स्थलका लागि बजेट आएन भनेर गुनासो गर्न व्यर्थ भएको बताए । बिमानस्थलमा बजेट लगाउन भन्दा सडक छ लेन बनाउनु पर्नेमा जोड दिए ।
निर्माण व्यवसायी गोरे सिंह ऐर देशमा पर्याप्त पैसा भए लगानी लगाउन राम्रो हुने बताए ।
सशस्त्र द्वन्द्वका कारण २०५६ मा बिमान स्थल बन्द भएको थियो ।
बिमान स्थल बन्द भएको १८ बर्ष पछि कंचनपुर ३ का तत्कालिन साङ्सद डा. दीपक प्रकाश भट्टले २०७४ मा चुनाव जितेपछि निर्माण अघि बढाएका हुन् ।
त्यस अघि पनि बिमास्थ्ल संचालन पुनः निर्माण कार्यका पहल गरिएको थियो । पहिलो संविधान सभा निर्वाचनपछि तत्कालिन पुष्प कमल दाहाल नेतृत्वको सरकारले पहल गरेको थियो ।
तत्कालिन नागरिक उड्डयन पर्यटन मन्त्री लोकेन्द्र बिष्ट जहाज चढेर मझगाउ आएका थिए । उनले बन्द बिमान स्थलमा नेता लेखराज भट्टलाई झट्ट एयरपोर्ट बनाउने कार्यमा लाग्न निर्देशन दिएका थिए ।

