ghar sansar

मन्त्रालयबाट ज्येष्ठ नागरिक शब्द हटाएको भन्दै ज्येष्ठ नागरिक असन्तुष्ट, प्रधानमन्त्रीलाई पठाए ज्ञापन

little buddha academy
khasi

रविन्द्र ओझा
महेन्द्रनगर । राष्ट्रिय ज्येष्ठ नागरिक समाज नेपाल जिल्ला कञ्चनपुरले ज्येष्ठ नागरिकको हक, हित र सम्मानसँग सम्बन्धित माग राख्दै प्रधानमन्त्रीलाई ज्ञापन पत्र पठाएका छन् ।

सोमबार समाजका कञ्चनपुर जिल्ला अध्यक्ष पुरुषोत्तम अर्याल र सचिव महादेव भट्टको नेतृत्वमा कञ्चनपुर जिल्लाभरका विभिन्न पालिकाका जेष्ठ नागरिक प्रतिनिधिहरूले जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका सहायक प्रमुख जिल्ला अधिकारी मोहनचन्द्र जोशी मार्फत प्रधानमन्त्री बालेन्द्र शाहलाई ज्ञापनपत्र पठाएका छन् ।

dirghayi clinic

ज्ञापन पत्रमा २०७४ सालदेखि ज्येष्ठ नागरिकहरूको सम्मान र अधिकार संरक्षणका लागि महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय कायम रहेको उल्लेख गर्दै हाल मन्त्रालयको समायोजन तथा पुनर्गठनका क्रममा “ज्येष्ठ नागरिक” शब्द हटाइएकाले देशभरका ठूलो संख्यामा रहेका ज्येष्ठ नागरिकलाई उपेक्षा गरिएको महसुस भएको जनाइएको समाजका जिल्ला अध्यक्ष अर्यालले बताए ।

समाजले मन्त्रालयको नाममा पुनः “ज्येष्ठ नागरिक” शब्द साविक बमोजिम समावेश गरी जेष्ठ नागरिकहरूको पहिचान, सम्मान र अधिकार सुनिश्चित गर्न सरकारसँग माग गरेको उनको भनाई छ ।

ज्ञापनपत्रमा जेष्ठ नागरिकहरूको हित संरक्षण तथा उनीहरूको योगदानको कदर गर्दै राज्यका सबै निकायले जेष्ठ नागरिकमैत्री नीति तथा कार्यक्रमलाई प्राथमिकता दिनुपर्ने उल्लेख गरिएको छ ।

उक्त ज्ञापनपत्रको बोधार्थ राष्ट्रिय जेष्ठ नागरिक समाज नेपाल केन्द्रीय कार्यालय कपिलवस्तु तथा जिल्ला समन्वय समिति कञ्चनपुरलाई समेत पठाइएको जनाइएको छ ।

Himal dental
सम्बन्धित
Loading...