ghar sansar

जातीय भेदभाव र छुवाछुत अन्त्यका लागि योगदान पुगाउने आचार्य कृष्ण दमाई सहित तीन जना लालझाडीमा सम्मानित

little buddha academy
khasi

महेन्द्रनगर । लालझाडी गाउँपालिकाले २१ औँ जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवसमा आचार्य कृष्ण दमाई, पण्डित गणेश प्रसाद पन्त र पत्रकार लाल बहादुर एस्केलाई सम्मान गरेको छ ।

गाउँपालिकामा गरिएको कार्यक्रममा उनीहरुलाई जातीय भेदभाव तथा छुवाछुत प्रथा अन्त्य गरी सामाजिक समानताका लागि आ आफ्नो क्षेत्रबाट पुगाएको योगदानको कदर गर्दै सम्मान गरिएको छ ।

कार्यक्रममा सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री हिरा सार्कीले तीनै जनालाई टिका लगाई खादा लगाएर सम्मान पत्र प्रदान गरे ।

कार्यक्रममा उनले संविधान र कानुनले छुवाछुतलाई दण्डनीय अपराध घोषणा गरिसकेको भए पनि समाजका विभिन्न तहमा अझै विभेदका घटना देखिनु दुःखद रहेको उल्लेख गर्दै जातीय भेदभाव अन्त्यका लागि सरकार, स्थानीय तह, नागरिक समाज, सञ्चारमाध्यम तथा आम नागरिकको साझा प्रतिबद्धता आवश्यक रहेको बताए ।

dirghayi clinic

लालझाडी गाउँपालिका अध्यक्ष निर्मल रानाले गाउँपालिकाले समावेशी विकास, सामाजिक सद्भाव तथा समान अवसरलाई प्राथमिकतामा राखेर विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको बताउँदै जात, धर्म, लिङ्ग वा समुदायका आधारमा कुनै पनि नागरिक विभेदमा पर्न नहुने भन्दै स्थानीय तहबाट सामाजिक रूपान्तरण र जनचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिइने बताए ।

गाउँपालिका उपाायक्ष सपना राना चौधरीले समाजमा अझै विद्यमान जातीय विभेदका सोच र व्यवहारलाई परिवर्तन गर्न परिवार, विद्यालय र समुदायस्तरबाट सचेतना अभिवृद्धि गर्नुपर्ने बताइन् ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजबहादुर सार्कीले दिवसको औचित्यमाथि प्रकाश पार्दै जातीय विभेद तथा छुवाछुत उन्मूलनका लागि कानुनी व्यवस्था मात्र पर्याप्त नहुने बताए । ‘व्यवहारगत परिवर्तन, सामाजिक जागरण र सबै पक्षको सक्रिय सहभागिताबाट मात्र विभेदमुक्त समाज निर्माण गर्न सकिन्छ’ उनले भने ।

्“जातीय भेदभाव र छुवाछुत रहित समतामूलक, सभ्य र समुन्नत राष्ट्र निर्माण गरौँ” भन्ने मूल नारासहित आयोजित कार्यक्रममा विभिन्न समुदायका प्रतिनिधि, जनप्रतिनिधि, कर्मचारी, सामाजिक अभियन्ता, शिक्षक, विद्यार्थी तथा सरोकारवाला सहभागी भएका छन् ।

लालझाडी गाउँपालिकाको आयोजना,आदिवासी जनजाति संघ अन्तर्गत समावेशी गुणस्तरीय शिक्षा परियोजनाको समन्वय तथा खुलासा मिडिया हाउस धनगढीको व्यवस्थापनमा कार्यक्रम गरिएको छ । खुलासा मिडियाका प्रबन्धक करन ताम्रकारले कार्यक्रम सञ्चालन गरे ।

Himal dental
सम्बन्धित
Loading...