ghar sansar

रेडियन्टका विद्यार्थीले यसरी मनाए विश्व वातावरण दिवस

little buddha academy
khasi

महेन्द्रनगर । रेडियन्ट माध्यमिक विद्यालयले ५४ औँ विश्व वातावरण दिवसमा विद्यालय क्षेत्र तथा महेन्द्रनगर बजार क्षेत्रका धार्मिक स्थलमा सरसफाई गर्नुका साथै विद्यालय परिसरमा वृक्षारोपण कार्यक्रम गरेको छ ।

वातावरण संरक्षणप्रतिको सामूहिक दायित्व बोध गराउने उद्देश्यले आयोजित उक्त कार्यक्रममा विद्यार्थी तथा शिक्षक सहभागी भएका छन् ।

​विद्यालयका प्रिन्सिपल सूर्य बहादुर चन्दको नेतृत्वमा भएको मन्दिर सरसफाई कार्यक्रममा विद्यालयका अतिरिक्त क्रियाकलाप संयोजक शिक्षक लोकेन्द्र भट्टसहित विद्यालयमा क्रियाशिल रहेका ’इको क्लब’ र ’बाल क्लब’ मा आबद्ध विद्यार्थी सहभागी भए ।

सरसफाई अभियान अन्तर्गत विद्यार्थीहरूको टोलीले महेन्द्रनगर बजार क्षेत्रमा रहेका प्रसिद्ध धार्मिक स्थल बैजनाथ धाम मन्दिर र शिवनाथ धाम मन्दिर परिसरको सरसफाई गरेका छन् ।

धार्मिक र ऐतिहासिक महत्व बोकेका उक्त स्थलहरूको सरसफाई गरिँदा स्थानीय स्तरमा समेत पर्यावरण सफा राख्नुपर्छ भन्ने सकारात्मक सन्देश प्रवाह भएको विद्यालयका प्रधानाध्यापक सूर्य बहादुर चन्दले बताए ।

dirghayi clinic

विद्यार्थीहरूलाई सैद्धान्तिक ज्ञान मात्रै नभई वातावरण संरक्षणको महत्व र यसको प्रभावबारे जानकारी र अनुभव प्रदान गर्नका लागि विद्यार्थीहरुलाई प्रत्यक्ष रुपमा सरसफाई र वृक्षारोपण कार्यक्रममा सहभागी भएको चन्द बताउँछन् ।

उनले यस्ता कार्यक्रमबाट विद्यार्थीहरूमा वातावरणीय चेतनाको विकास गराउने र विद्यालय परिसरलाई हराभरा, स्वच्छ एवं आकर्षक बनाउन सहयोग पुग्ने बताए ।

विद्यार्थीहरूले विद्यालय परिसरमा पनि सरसफाई कार्यक्रम गर्नुका साथै आ–आफ्नो घरबाट ल्याएका विभिन्न प्रजातिका फलफूल तथा बोटबिरुवाहरू विद्यालय प्राङ्गणमा रोपेर वृक्षारोपण समेत गरेका छन् ।

यस्ता रचनात्मक कार्यहरूको माध्यमद्वारा विद्यार्थीहरुले सानै उमेरदेखि पर्यावरण संरक्षणको महत्त्व बुझ्ने र विद्यालयको वातावरणलाई अझ बढी आकर्षक र वातावरणमैत्री बनाउन मद्दत पुग्ने अतिरिक्त क्रियाकलाप संयोजक लोकेन्द्र भट्टले बताए ।

Himal dental
सम्बन्धित
Loading...