ghar sansar

भीमदत्त अन्तर मावि टी २० क्रिकेट : उपाधिका लागि मर्निङ्ग ग्लोरी र इन्टरनेशनल भिड्दै

little buddha academy
khasi

महेन्द्रनगर । भीमदत्त नगरपालिका अन्तर विद्यालय नगर स्तरीय टी २० क्रिकेट प्रतियोगितामा मर्निङ्ग ग्लोरी र इन्टरनेशनल पब्लिक स्कुल शनिबार उपाधिका लागि भिड्ने भएका छन् ।

होली फेमली स्कुलको खेल मैदानमा जारी प्रतियोगितामा शुक्रबार सेमिफाइनलमा आयोजक होली फेमली स्कुलाई हराउँदै मर्निङ्ग ग्लोरी र शान्ति निकेतन माविलाई पराजित गरी इन्टरनेशनल फाइनल प्रवेश गरेका हुन् ।

शुक्रबार आयोजक होली फेमली र मर्निङ्ग ग्लोरीबीच पहिलो सेमिफाइनल भयो । होली फेमलीलाई ८ विकेटले पराजित गरी मर्निङ्ग ग्लोरी फाइनल प्रवेश गरेको हो । टस जितेर होली फेमीले ब्याटिङ्ग गरी ४२ रनको झिनो लक्ष्य दिएको थियो ।

जवाफी ब्याटिङ्गमा मर्निङ्ग ग्लोरीले १२ ओभरमा ८ विकेटले हराउँदै लक्ष्य भेटाउको छ । मर्निङ्ग ग्लोरीका निशान्त भट्ट मेन अफ दि म्याच भए ।

dirghayi clinic

दोस्रो सेमिफाइन खेलमा शान्ति निकेतनलाई १ सय ११ रनले हराउँदै इन्टरनेशनल फाइनल प्रवेश गरेको छ ।

टस जितेर ब्याटिङ्ग रोजेको इन्टरनेशनले पूरै २० ओभर खेलेर १७३ रन बनाएको थियो ।

१ सय ७४ रनको लक्ष्य लिएर मैदानमा उत्रिएको शान्ति निकेतन ६२ रन बनाउँदा सबै विकेट गुमाएर अल आउट हुन पुग्यो । इन्टरनेशनका प्रिन्स भण्डारी मेन अफ दि म्याच भए ।

होली फेमली स्कुलले भीमदत्त नगरपालिको सह प्रायोजनमा गरेको प्रतियोगितामा १८ विद्यालयले भाग लिएका छन् । प्रतियोगितामा विजेताले नगद ५१ हजार १ सय ११ रुपैयाँ सहित ट्रफी र उप विजेताले नगद ३१ हजार १ सय ११ पुरस्कार सहित ट्रफी पाउने छन् ।

यसैगरी म्यान अफ द म्याच लाई १ हजार ५ सय, बेस्ट बलर र बेस्ट ब्याट्सम्यान लाई जनही २ हजार ५ सय, म्यान अफ द सिरिज लाई ३ हजार तथा उदयीमान खेलाडीलाई १ हजार ५ सय रुपैयाँसहित ट्रफी र मेडल प्रदान गरिनेछ ।

होली फेमली स्कुलले भीमदत्त नगरपालिकाको सह प्रायोजनमा आयोजना गरेको प्रतियोगिता शनिबार समापन हुने विद्यालयका एसिस्टेन्ट मेनेजर महादेब प्रसाद भट्टले बताए । फाइनल खेलमा शनिबार २ः३० बजे हुने बताइएको छ ।

Himal dental
सम्बन्धित
Loading...