ghar sansar

पेसवानको सामाजिक परीक्षण कार्यक्रम

little buddha academy
khasi

महेन्द्रनगर । गैर सरकारी संस्था वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल ( पेसवान ) ले आफ्नो वार्षिक सामाजिक परीक्षण कार्यक्रम गरेको छ ।

प्लान इन्टरनेशनलको सहयोगमा संस्थाले भीमदत्त नगरपालिका र दोधारा चाँदनी नगरपालिकाका ३÷३ वडामा उत्थानशिल भविष्य बालविवाहको अन्त्य परियोजना सञ्चालन गर्दै आएको छ । कार्यक्रम अन्र्तगत गरिएका दुबै स्थानीय तहमा गरिएको विभिन्न गतिविधि तथा उपलब्धिको सामाजिक परीक्षण गरिएको छ ।

,orning glory badhai

्संस्थाका अध्यष डा. तिलमाया खरेल ढकालको अध्यक्षतामा गरिएको कार्यक्रममा भीमदत्त नगरपालिकाका उप मेयर निलम लेखक जोशी सहित कार्यक्रम सञ्चालित दुबै पालिकाका वडाका जनप्रतिनिधि, नगरपालिकाका कर्मचारी र किशोरी समूहका सदस्य सहभागी भएका छन् ।

कार्यक्रममा संस्थाका कार्य समिति सदस्य दमन चन्दले संस्थाको परिचय गराए । पेसवान सन् २०२२ मा स्थापना गरिएको थियो । कार्यक्रममार्फत संस्थाको आय–व्यय, उपलब्धि, चुनौती तथा आगामी योजनाबारे सरोकारवालालाई जानकारी गराइएको छ ।

कार्यक्रममा भीमदत्त नगरपालिकाका उप प्रमुख जोशीले सामाजिक परीक्षणले संस्थाहरूको पारदर्शिता, जवाफदेहिता र सुशासन प्रवद्र्धन गर्न महत्वपूर्ण भूमिका खेल्ने बताइन् । उनले नगरपालिकाका बाल विवाह अन्त्यका लागि सक्दो सहयोग गर्न तयार भएको उल्लेख गरिन् ।

dirghayi clinic

समुदायको आवश्यकता पहिचान गरी लक्षित वर्गसम्म प्रभावकारी सेवा तथा कार्यक्रम पु¥याउन यस्ता कार्यक्रम उपयोगी उनको भनाई थियो ।

भीमदत्त नगरपालिका १३ का वडा अध्यक्ष रामचन्द्र बोहरा, दोधारा चाँदनी नगरपालिकाका नगर प्रवक्ता हरि धनाडी, दोधारा चाँदनी ७ का वडा अध्यक्ष ज्ञानेन्द्र बहेक क्षेत्री, भीमदत्तका शिक्षा शाखा प्रमुख हरिदत्त जोशी, दोधारा चाँदनी कृषि शाखा प्रमुख कमलापति भट्ट, महिला तथा बालबालिका शाखा प्रमुख डम्मरा लेखक लगायतले आ आफ्नो धारणा राखे ।

संस्थाका अध्यक्ष अध्यक्ष डा. तिलमाया ढकाल खरेलले संस्थाको पारदर्शिता, जवाफदेहिता र सुशासन प्रवद्र्धन गर्न आजको कार्यक्रमको आयोजना गरीएको बताइन् ।

उत्थानशिल भविष्य बालविवाहको अन्त्य परियोजनाका संयोजक गणेस प्रशाद बोहराले प्लान ईन्टरनेसन नेपालको साझेदारीमा भीमदत्त नगरपालिका र दोधारा चाँदनीका ६ वटा वडामा यो कार्यक्रम सञ्चालन गरिएको र दोधारा चाँदनीमा समूह दर्ता भएर दीर्घकालिन रुपमा कार्यक्रम सञ्चालन हुने अवस्था देखिएको बताए ।

सरकारले २०३० सम्म बाल विवाहलाई न्युनिकरण गर्ने प्रतिवद्धता गरेको उल्लेख गर्दै कार्यक्रमबाट सरकारको प्रतिवद्धता सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

कार्यक्रममा सहभागी दुबै पालिकाका किशोरी समूहका सदस्यहरुले आफ्नो अनुभव सुनाए । कार्यक्रममा प्लान इन्टरनेशनलका गणेश घिमिरे, कार्यक्रम संयोजक गणेश बोहरा, कन्सल्टेन्ट देबीलाल उपाध्यय लागयतका सहभागी थिए ।

Himal dental
सम्बन्धित
Loading...