

महेन्द्रनगर । बेदकोट नगरपालिका ८ गयलनदीस्थितस्थित बैजनाथ माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरिएको छ ।
कामना सेवा बैंक लिमिटेड महेन्द्रनगर शाखाले शुक्रबार विद्यालयमा पुगेर विद्यार्थीलाई झोला, कापी, कलम लगायतका सामाग्री सहयोग विरतण गरेको छ ।

बेदकोट ८ का वडा अध्यक्ष महेशदत्त जोशीको प्रमुख आतिथ्यमा कार्यक्रम गरिएको छ । कार्यक्रममा वडा अध्यक्ष जोशी र बैंकका महेन्द्रनगर शाखा प्रमुख कृष्ण भाटले विद्यार्थीहरुलाई सामाग्री प्रदान गरे ।

बैंकका शाखा प्रमुख भाटका अनुसार विद्यालयका ३० जना विद्यार्थीलाई शैक्षिक सामाग्री प्रदान गरिएको छ । झोला सहित सबै विद्यार्थीलाई दुई÷दुई दर्जन कापी, ४० कलम, एक÷एक क्यालकुलेटर, औजार बक्स वितरण गरिएको शाखा प्रबन्धक भाटले जानकारी दिए ।

बैंकको महेन्द्रनगर बजार क्याम्पस रोडमा शाखा कार्यालय छ । सामाजिक उत्तरदायित्व अन्र्तगत बैंकले विद्यार्थीलाई शैक्षिक सामाग्री सहयोग गरेको बंैकका शाखा प्रबन्धक भाटले बताए ।

कार्यक्रममा बेदकाट ८ का वडा अध्यक्ष जोशीले सामुदायिक विद्यालयमा अधिकाँश कमजोर आर्थिक अवस्थाका विद्यार्थी हुने भएकाले बैंकको शैक्षिक सामागी सहयोगबाट पठनपाठनमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
बैंकले बर्सेनी सामाजिक उत्तरदायित्व अन्र्तगत कार्यक्रम गर्दै आएको छ । यस वर्ष बैजनाथ मावि गयलनदीमा शैक्षिक सामाग्री वितरण गरिएको छ ।

कार्यक्रममा बैंकका शाखा प्रबन्धक भाट सहित कर्मचारी सहभागी भए । विद्यालयका विद्यार्थी सहित शिक्षक, कर्मचारी, अभिभावकहरु पनि कार्यक्रममा सहभागी भएका छन् ।


