
रास्वपा महाधिवेशनले शुक्रबार सर्यो सुदूरपश्चिम विश्वविद्यालय दीक्षान्त समारोह


महेन्द्रनगर । सुदूरपश्चिम विश्वविद्यालयको छैठौ दीक्षान्त समारोह शुक्रबार हुने भएको छ । यस अघि बुधबारका लागि तोकिएको समारोह शुक्रबारका लागि सारिएको हो ।
सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनका कारण समारोह सारिएको बताइएको छ । विद्यार्थीहरुलाई बुधबार समारोह हुने जानकारी दिइएको थियो ।


शिक्षा तथा खेलकूद मन्त्रालयका उप सचिव परशुराम तिवारीले दीक्षान्त समारोहबारे सार्वजनिक सूचना गरेका छन् । समारोहमा विश्वविद्यालयका सहकूलपति शिक्षा तथा खेलकूद मन्त्री सस्मित पोखरेल सहभागी हुने सूचनामा उल्लेख छ ।
विश्वविद्यालयका अधिकारीहरुले दीक्षान्त समारोहको तयारी भइ रहेको जानकारी दिएका छन् । विश्वविद्यालय केन्द्रीय कार्यालयमा समारोह हुने बताइएको छ ।

