ghar sansar

जानकी कन्याका प्रधानाध्यापक भट्टको सरुवा निर्णय कार्यान्वयन नगर्न अन्तरकालीन आदेश, असार १७ गते पेशी

little buddha academy
khasi

महेन्द्रनगर । प्रशासकीय अदालतले जानकी कन्या माध्यमिक विद्यालयका प्रधानाध्यापक अन्जुला भट्टलाई जेसिज मावि राजीपुर सरुवा गर्ने निर्णय कार्यान्वयन नगर्न अन्तरकालीन आदेश दिएको छ ।

प्रशासकीय अदालतका अध्यक्ष डा. टेक बहादुर घिमिरेको इजलाशले प्रधानाध्यापक भट्टलाई सरवा पदस्थापन गर्ने गरिएको निर्णय कार्यान्वयन नगरी यथास्थितिमा राख्न अन्तरकालीन आदेश दिएको हो ।

,orning glory badhai

भीमदत्त नगरपालिकाको नगर शिक्षा समितिले वैशाख १० गते शिक्षक दरबन्दी मिलानका क्रममा प्रधानाध्यापक भट्टलाई जेसिज मावि सरुवा गर्ने निर्णय गरेको थियो ।

नगर शिक्षा समितिको निर्णय विरुद्ध प्रधानाध्यापक भट्ट प्रशासकीय अदालत पुगेकी थिइन् । अदालतले सोमबार भट्टको पुनरावदेन निवेदनमाथि सुनुवाई गरी निर्णय कार्यान्वयन नगर्न आदेश गरेको छ ।

अदालतले निवेदनको असार १७ गते पेशी तोकेर शिक्षक सरुवा सम्बन्धि निर्णयका सबै फाइल र निर्णय माइन्युट सहित उपस्थित नगरपालिकालाई आदेश दिएको छ ।

अदालतको आदेशमा असार १७ गतेको पेशीबाट अन्तिम टुङ्गो लगाउनु पर्ने देखिएको उल्लेख गरिएको छ । भट्टको तर्फबाट कमल कोइरालाले इजलाशमा बहस गरेका थिए ।

अदालतको अन्तरिम आदेशपछि प्रधानाध्यापक भट्टले आफूले न्याय पाउने आश फर्किएको बताइन् ।

dirghayi clinic

‘शिक्षक दरबन्दी मिलानका क्रममा ममाथि जुन किसिमको अन्याय भो, यो आदेशले केही हदसम्म भए राहत महसुस गरेकी छु, न्याय पाउनेमा आशावादी भएको छु’ उनले भनिन् ।

भीमदत्त नगरपालिकाले पूर्व जिल्ला शिक्षा अधिकारी देबीदत्त भट्टको नेतृत्वमा कार्यदल गठन गरी दरबन्दी मिलान गरेको थियो ।

कार्य दलले जानकी कन्यालाई सुदूरपश्चिम प्रदेशको नमूना विद्यालय बनाउन प्रशासकीय भूमिका हेरफेर गर्न सुझाव दिएको थियो ।

नगर शिक्षा समितिले कार्य दलको सुझाव विपरित प्रधानाध्यापक गरिएको भन्दै प्रधानाध्यापक भट्टले असन्तुष्टि पोखेकी थिइन् ।

भीमदत्तका नगर शिक्षा शाखाले आफूमाथि प्रतिशोध साँधेर कार्य दलको सिफारिश विपरित सरुवा गरिएको गुनासो भट्टको थियो ।

शिक्षा शाखाले केही वर्ष अघि उनको बढुवा रोक्न कार्य सम्पादन मूल्याङ्कमा केरमेट गरेपछि उनी प्रशासकीय अदालत पुगेकी थिइन् ।

प्रधानाध्यापक भट्ट माध्यमिक तह गणित विषयका शिक्षक हुन् । भट्ट सरुवा भएपछि जानकी कन्यामा माविमा गणित शिक्षक दरबन्दी हुन पुगेको छ ।

भट्टलाई सरुवा गरी उनको स्थानमा जेसिज माविका प्रधानाध्यापक बिमला बोकटीलाई ल्याइएको छ ।

Himal dental
सम्बन्धित
Loading...