

महेन्द्रनगर । दोधारा चादनी नगरपालिकाले सबै वडा वाल बिबाह मुक्त वडा घोषणा गर्ने भएको छ । दोधारा चाँदनीमा १० वडा छन् ।
भारतसित सीमा जोडिएको यस नगर पालिकामा कमजोर आर्थिक अवस्था, जन चेतना कमी, सामाजिक सन्जाल लगायत बिभिन्न कारणले अझै पनि बाल बिबाह हुने गरेको बताइन्छ ।

दोधारा चादनी नगरपालिका महिला तथा बाल बाल बालिका शाखा प्रमुख डम्मरा लेखकले बाल बिबाह अन्त्यका लागि नगरपालिकाका सबै १० वडालाई बाल विवाह मुक्त वडा घोषणा गर्ने कार्यक्रम राखिएको बताईन ।
नगरपालिकाले बाल बिबाह बिरुद्ध सञ्चालन गर्न लागेको यो पहिलो ठूलो अभियान हो । यसबाट बाल बिवाह बिरुद्द गाउ समाजमा बाल बिबाह गर्न कानुनी रुपमा अपराध भन्न्ने सन्देश गाउ समाज फैलिएर अन्त्य गर्न सहयोग पुग्ने लेखकले बताईन् ।
स्थानीय सरकार बाल बिबाह अन्त्यका लागि प्रमुख भूमिका निर्वाह गर्न सक्छ, अहिले नगरपालिका वडा बाल बिबाह मुक्त घोषणा गर्ने तयारीका लागि रहेको छ, त्यसै गरी अरु कार्यक्रम पनि गर्छौ उनले भनिन् ।
दोधारा चाँदनी नगरपालिकाका तीन वडाम बाल बिबाह अन्त्यका लागि कार्यक्रम संचालन गरिएको छ । गैर सरकारी संस्था पेसवान नेपालको यो कार्यक्रम दोधारा चादनी र भीमदत्त नगरपालिकामा संचालनमा छ ।

संस्थाको यो कार्यक्रम अन्तर्गत दुबै नगरपालिकाका बाल बिबाहको जोखिममा पर्ने उमेर समूहका बाल बालिका किशोरी समूहमा आवद्ध भएका छन् ।
समूहमा आवद्व बाल बालिका अहिले बाल बिरुद्ध सामाजिक चेतना फैलाउन लागेका छन् । २० बर्ष उमेर नपुगी बिबाह गर्न हँुदैन चेतना फैलाउन समूहका किशोर किशोरी सक्रिय छ्न ।
समूह आवद्ध किशोरीहरु उद्यम व्यवसायका कार्यक्रममा संलग्न छ्न । उनीहरु तरकारी, पोल्ट्री, च्याउ खेती, बङ्गुर पालन लगायतका व्यवसाय गरि रहेका छन् ।
कमजोर आर्थिक अवस्थाका बाल बिबाह हुने गरेकाले घर परिवारको समेत आर्थिक अवस्था सुधार ल्याउने उद्देश्यले जीविको पार्जन अन्तर्गत किशोरी समूहका सदस्यलाई सहयोग गरिएको पेसवान नेपालका कार्य समिति सदस्य दमन चन्दले बताए ।
किशोरी समूहका सदस्य भीमदत्त ३ का मन्जु गुरु धामी संस्थाबाट तालिम लिएर आफूहरु बिभिन्न कृषि तथा पशु पालन व्यवसाय गर्न थालेको बताउँछिन् ।
नगर पालिकामा किशोरी समूह दर्ता भएर दिगो रुपमा बाल बिवाह बिरुद्द सक्रिय हुने बाटोमा अघि बढेका छन् ।
दोधारा चाँदनीना ६ किशोरी समूह छ्न । संस्थाको कार्यक्रम सकिएपछि बाल बिबाह बिरुद्ध अभियान निरन्तरता दिन किशोर समूह अघि बढेका छन् ।
्

