ghar sansar

अत्यधिक गर्मीले आहात जन जीवननलाई पानी परेपछि राहत

little buddha academy
khasi

महेन्द्रनगर । सोमबार रातिदेखि पानी परेपछि अत्यधिक गर्मीले आहात जनजीवन राहत पाउन पुगेको छ । सोमबार विहान हल्का वर्षा भएपछि धेरै दिनपछि गर्मीको असर केही हदसम्म कम भएको थियो ।

मध्यरात पछि निरन्तर वर्षा भई रहेको छ । वर्षापछि जनजीवन समान्य हुन पुगेको छ । पानी नपरी खडेरी परेपछि सबैभन्दा बढी किसान र मजदुर वर्ग समस्यामा परेक थिए ।

,orning glory badhai

आकाशे पानीको भरमा रोपाई गर्दै आएका किसानले ब्याड समेत राख्न पाएका थिएन । त्यसैगरी वैकल्पिक सिँचाई सुविधाबाट रोपाई तयारी गरेका किसान ब्याड खेतमा सुकेर हैरान भएका थिए ।

dirghayi clinic

सोमबार धान दिवससम्म अधिकाँश खेतबारीमा रोपाई हुन सकेको थिएन ।

यस पटक धान दिवसमा विगत भन्दा अनौठा दृष्य देखिएका छन् । खेतबारीमा दौड र साँस्कृतिक प्रस्तूति गरिएका छन् । दही चिउरा खाएर धान दिवस मनाउने परम्परा छ । सिँचाई सुविधा नभएका किसान रसायनिक मलको समस्या पनि भोग्न बाध्य छन् ।

सरकारले यस पटक मल पठाउन नसकेपछि किसान मलका लागि भौतारिएका छन् । गर्मीका कारण जिल्लाभर शिक्षण संस्था बन्द गरिएका थिए । 

पानी परेपछि किसान खुसी छन् । मंगलबा विहानदेखि रोपाइ गर्न किसान खेतबारीमा पुगेका छन् ।

Himal dental
सम्बन्धित
Loading...