ghar sansar

निजामती कर्मचारीका नेता चन्दको अवकाश

little buddha academy
khasi

महेन्द्रनगर । मालपोत तथा भूमि सुधार कार्यालयका शाखा अधिकृत प्रताप चन्द सरकारी सेवाबाट अवकाश लिएका छन् । निजामती कर्मचारी संगठनको नेतृत्व समेत गरेका चन्द ३८ बर्षे निजामति कर्मचारी भएर सेवा गरी अवकाश लिएका छन् ।

चन्द २०४५ मा सरकारी सेवा प्रवेश गरेका हुन । चन्दको सोमबार बिदाई गरिएको छ । भीमदत्त १५ का चन्द जागिर अवधिमा बिभिन्न सरकारी कार्यालय बसेका छन् । चन्दले अवकाश बिदाई पछि आगामी दिनमा सामाजिक राजनीतिक क्षेत्रहरू पूर्ण सक्रिय हुने बाचा गरेका छ्न ।

,orning glory badhai
dirghayi clinic

चन्दले सामाजिक संजालमा भनेका छन्, ‘आजको मितिदेखि निजामती सेवाबाट अवकास हुँदाका अस्मरणिय क्षणहरु शुरु नियुक्ति २०४५÷३÷१६ र अवकास मिति २०८३÷३÷१४ सम्म निजामती सेवामा सेवा अवधिभर विभिन्न कार्यलय कामकज गर्दै आज द्खि निजामती सेवा अलग भई भुमि प्रसासन कार्यालय महेन्द्रनगर कञ्चनपुरबाट बिदा भईयो , ३८ बर्षको लामो अवधि सम्म मलाई नैतिक भौतिक रुपमा सर सल्लाह सुझाव दिनु हुने सम्पूर्ण ईष्टमित्र साथीभाइ कर्मचारी साथीहरुमा हार्दिक आभार ब्यत्त गर्दै अगामि दिनमा पुर्ण रुपमा सामाजिक राजनैतिक क्षेत्रमा काम गर्ने बाचा सहित बिदा हुन्छु ।

नेपाल निजामती कर्मचारी संगठन सुदूरपश्चिम प्रदेश अध्यक्ष महादेब जोशी र संगठनका कञ्चनपुरका अध्यक्ष मान बहादुर चन्दले निजामती सेवामा पुगाएको योगदानको सम्मान गर्दै अवकाशपछिको जीवन सुखद होस भन्ने कामना गरेका छन् ।

यसैबीच नेपाल निजामती कर्मचारी संगठन सुदूरपश्चिम प्रदेश अध्यक्ष महादेब जोशी र संगठनका कञ्चनपुरका अध्यक्ष मान बहादुर चन्दले निजामती सेवामा पुगाएको योगदानको सम्मान गर्दै अवकाशपछिको जीवन सुखद होस भन्ने कामना गरेका छन् ।

‘नेपाल निजामती कर्मचारी संगठनका सचिवालय सदस्य एवं मालपोत कार्यालय कञ्चनपुरका शाखा अधिकृत “प्रताप चन्द“ सरलाई सफलतापूर्वक सेवा निवृत्त हुनु भएकोमा हार्दिक बधाई ! लामो समयसम्म राष्ट्र र जनताको सेवामा समर्पित रहँदै आफ्नो कार्यकाल उदाहरणीय रूपमा पूरा गर्नुभएकोमा सरप्रति उच्च सम्मान व्यक्त गर्दछौँ । सेवा निवृत्त जीवन सुखद, सुस्वास्थ्य, दीर्घायु र सफलताले भरिपूर्ण होस् । सरकारी सेवाबाट निवृत्त भए पनि उहाँको प्रखर अनुभव र ऊर्जा आगामी दिनमा सामाजिक कार्यहरूमा अझ बढी सक्रियताका साथ लागोस् भन्ने हार्दिक मंगलमय शुभकामना’ प्रदेश अध्यक्ष जोशी र कञ्चनपुर अध्यक्ष चन्दले बधाई तथा शुभ कामना दिँदै भनेका छन् ।

Himal dental
सम्बन्धित
Loading...