ghar sansar

जानकी कन्याका प्रधानाध्यापक भट्ट सरुवा गर्ने निर्णय कार्यान्वयन नगर्ने अन्तरकालिन आदेशलाई निरन्तरता

little buddha academy
khasi

महेन्द्रनगर । प्रशासकीय अदालतले जानकी कन्या माध्यमिक विद्यालयका प्रधानाध्यापक अन्जुला भट्टलाई जेसिज मावि राजीपुर सरुवा गर्ने निर्णय कार्यान्वयन नगर्न भीमदत्त नगरपालिकालाई दिएको अन्तरकालीन आदेशलाई निरन्तरता दिएको छ ।

प्रशासकीय अदालतले असार १० गते भीमदत्त नगरपालिकाको दरबन्दी मिलान अन्र्तगत जानकी कन्याबाट जेसिज मावि राजीपुर सरुवा पदस्थापन गरिएकी भट्टको निर्णय कार्यान्वयन नगरी यथास्थितिमा राख्न अन्तरकालिन आदेश दिएको थियो ।

,orning glory badhai

भीमदत्त नगरपालिकाको नगर शिक्षा समितिले वैशाख १० गते शिक्षक दरबन्दी मिलानका क्रममा प्रधानाध्यापक भट्टलाई जेसिज मावि सरुवा गर्ने निर्णय गरेको थियो । त्यस विरुद्ध भट्ट प्रशासकीय अदालत गएकी थिइन् ।

अदालतले असार १० गते भट्टको निवेदनमाथि सुनवाई गरी अन्तरकालिन आदेश दिएर बुधबार पेशी तोकर दुबै पक्षलाई बोलाएको थियो । अदालतले निवेदनको असार १७ गते पेशी तोकेर शिक्षक सरुवा सम्बन्धि निर्णयका सबै फाइल र निर्णय माइन्युट सहित उपस्थित नगरपालिकालाई आदेश दिएको छ ।

भीमदत्त नगरपालिका बुधबार पेशी अनुपस्थिति रह्यो । भीमदत्तले बुधबार मात्रै अदालतको पत्र आएको जानकारी दिएको थियो । 

अदालतले बुधबार यस अघिको आदेशलाई निरन्तरता दिएको हो । भट्टको तर्फबाट कमल कोइरालाले इजलाशमा बहस गरेका थिए ।

भीमदत्त नगरपालिकाले पूर्व जिल्ला शिक्षा अधिकारी देबीदत्त भट्टको नेतृत्वमा कार्यदल गठन गरी दरबन्दी मिलान गरेको थियो ।

dirghayi clinic

कार्य दलले जानकी कन्यालाई सुदूरपश्चिम प्रदेशको नमूना विद्यालय बनाउन प्रशासकीय भूमिका हेरफेर गर्न सुझाव दिएको थियो ।

कनगर शिक्षा समितिले कार्य दलको सुझाव विपरित प्रधानाध्यापक गरिएको भन्दै प्रधानाध्यापक भट्टले असन्तुष्टि पोखेकी थिइन् ।

भीमदत्तका नगर शिक्षा शाखाले आफूमाथि प्रतिशोध साँधेर कार्य दलको सिफारिश विपरित सरुवा गरिएको गुनासो भट्टको थियो ।

शिक्षा शाखाले केही वर्ष अघि उनको बढुवा रोक्न कार्य सम्पादन मूल्याङ्कनमा केरमेट गरेपछि उनी प्रशासकीय अदालत पुगेकी थिइन् ।

प्रधानाध्यापक भट्ट माध्यमिक तह गणित विषयका शिक्षक हुन् । भट्ट सरुवा भएपछि जानकी कन्यामा माविमा गणित शिक्षक दरबन्दी हुन पुगेको छ ।

भट्टलाई सरुवा गरी उनको स्थानमा जेसिज माविका प्रधानाध्यापक बिमला बोकटीलाई ल्याइएको थियो । उनी विज्ञान विषयका शिक्षक हुन् । भीमदत्तको सरुवापछि जानकी कन्यामा मावि गणित र जेसिजमा विज्ञान विषय शिक्षक खाली भएका छन् ।

Himal dental
सम्बन्धित
Loading...