ghar sansar

पुनर्वासमा सशस्त्र प्रहरीको अन्तरक्रिया, तस्करी र लागूऔषध नियन्त्रणमा सहयोगको आग्रह

morning glory
khasi

महेन्द्रनगर । कञ्चनपुरको पुनर्वासमा मंगलबार ‘सीमावासीसँग अन्तरक्रिया कार्यक्रम’ सम्पन्न भएको छ । सशस्त्र प्रहरी बल, नेपाल नं. ७ बैद्यनाथ वाहिनी मुख्यालय अत्तरियाको आयोजनामा उक्त कार्यक्रम भएको हो ।

कार्यक्रममा स्थानीय, जनप्रतिनिधि, सुरक्षा निकाय तथा सरोकारवालाबीच सीमा क्षेत्रमा देखिएका समस्या, लागूऔषध नियन्त्रण, तस्करी, मलखाद अभाव, सीमा विवाद तथा विपद् व्यवस्थापनका विषयमा छलफल भएको थियो ।

,orning glory badhai

उक्त कार्यक्रममा सहभागी स्थानीयहरुले भारतबाट घरायसी प्रायोजनका लागी सर्वसाधारण नागरीकले ल्याउने सामान्य सामानहरुमा धेरै दुःख दिन नहुने बताएका छन् ।

अखाद्य वस्तु तथा तस्करीजन्य सामग्री हो या होइन छुट्याएर मात्रै कार्वाही गर्न समेत उनीहरुले माग गरेका छन् । स्थानीय बजार नै बन्द हुने अवस्था सिर्जना भएको बताउदै नेपालमा खोर र भारतबाट कुखुरा ल्याउने जस्ता गतिविधिमा नियन्त्रण गर्नु सशस्त्र प्रहरीले जोड दिनुपर्ने सुझाब दिएका छन् । यस्तै लागूऔषध नियन्त्रणमा समेत जनशक्ति व्यवस्थापन गरी प्रभावकारी बनाउन आग्रह गरका छन् ।

उक्त कार्यक्रममा पुनर्वास– ४, ८ र १० का वडाअध्यक्षहरु मनोज जैशी, राना श्रवण र सुकदेब राना) ले जनचेतनाको कमी र सस्तोको लोभका कारण स्थानीयले अखाद्य तथा गुणस्तरहीन वस्तु किन्ने प्रवृती बढेको बताउनुभयो । सीमामा पर्याप्त जनशक्ति अभाव हुँदा निगरानी प्रभावकारी हुन नसकेको उहाँहरुको भनाइ थियो । खुला सीमा क्षेत्रबाट हराएका सीमा स्तम्भ (पिलर) को संरक्षण, प्याराताल क्षेत्रका समस्या समाधान तथा छोटी भन्सार कार्यालय स्थापना गर्न आवश्यक रहेको कार्यक्रमा आवाज उठेको थियो ।
कार्यक्रममा बोल्दै इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रमुख प्रहरी निरीक्षक लोकेन्द्र सिंह कार्कीले लागूऔषध नियन्त्रणका लागि जनचेतना मूलक कार्यक्रम मात्रै पर्याप्त नहुने बताए ।

सेवनकर्ता माथि निगरानी बढाउन, लागूऔषध परीक्षणका लागि ‘लापसे किट’ आवश्यक रहेको र यसतर्फ स्थानीय सरकारले ध्यान दिनुपर्नेमा उनले जोड दिए ।

उनले मानव बेचबिखन, अवैध रूपमा डिम्ब बिक्री वितरण जस्ता गतिविधि रोक्न सीमामा रेकर्ड प्रणालीको विकास गर्नुपर्ने आवश्यकता समेत औल्याए ।

यस्तै कार्यक्रममा पुनर्वास नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत गणेश सिंह ऐरीले विपद्का समयमा नेपाल प्रहरी र सशस्त्र प्रहरीले खेलेको भूमिकाको प्रशंसा गरे । नगरपालिकाले सशस्त्र प्रहरीलाई आवश्यक सहयोग निरन्तर उपलब्ध गराइरहेको समेत जानकारी दिए ।

कार्यक्रममा  पुनर्वास नगरपालिकाको नगर उपप्रमुख भुलिया कुमारी रानाले पछिल्लो समय सशस्त्र प्रहरीले सीमा सुरक्षासँगै विपद् व्यवस्थापनमा पनि महत्वपूर्ण भूमिका खेलेको बताए ।

नेपाल प्रहरी र सशस्त्र प्रहरीबीचको सहकार्य प्रशंसनीय रहेको उल्लेख गर्दै सीमा क्षेत्रमा राना थारू समुदायको भारतसँगको पारिवारिक सम्बन्धका कारण देखिने समस्यालाई समन्वय मार्फत समाधान गर्नुपर्ने बताइन् ।

कार्यक्रममा उठेका जिज्ञासाहरुको जवाफ दिदै कञ्चनपुरका सशस्त्र प्रहरी प्रमुख सशस्त्र प्रहरी उपरिक्षक प्रेम प्रकाश सिग्देलले मलखादको अभाव सरकारकै आपूर्ति व्यवस्था सँग जोडिएको विषय भएको बताए ।

dirghayi clinic

किसानले आफ्नै प्रयोजनका लागि निश्चित मापदण्ड भित्र रहेर मल ल्याउन सक्ने र जसका लागी सहजीकरण गरीएको जनकारी दिए । यस्तै लागूऔषध नियन्त्रणमा सबै निकाय गम्भीर रहेको समेत उनले बताए ।

उनका अनुसार माघ महिना देखी हालसम्म बेलौरी गुल्मको मातहत क्षेत्रबाट ५३ दशमलव २४ ग्राम खैरो हिरोइन सहित ३५ जना पक्राउ परेका समेत जानकारी दिए ।

सीमा क्षेत्रमा सर्वे टोलीले मर्मत सम्भार गरिरहेको र मंसिरदेखि नियमित काम सुरु हुने जानकारी दिँदै भारतीय सुरक्षा निकायसँग दैनिक सूचना आदानप्रदान, संयुक्त तथा पैदल गस्ती सञ्चालन हुँदै आएको बताए । उनले बिचफाँटामा नयाँ भवन निर्माण सम्पन्न नजीक पुगेको बताउदै आँपतालमा नयाँ भवन निर्माण प्रक्रियामा रहेको र डोकेबजारमा जग्गा अभावका कारण भवन निर्माण हुन नसकेको जानकारी दिएका छन् ।

सशस्त्र प्रहरी बल, नेपाल नं. ७ बैद्यनाथ वाहिनी मुख्यालय अत्तरियाको बहिनीपति डिआइजी दिग विजय सुवेदीले कञ्चनपुरमा हाल चार वटा सीमा सुरक्षा पोस्ट (बीओपी)मा नयाँ भवन निर्माण भइसकेको र आगामी वर्ष थप तीन वटा बिओपीमा नयाँ भवन निर्माण हुने प्रक्रिया अघि बढेको बताए ।

उनले व्यक्तिगत प्रयोजनका लागि ५ सय रुपैया भन्दा बढी मुल्यका सामान नल्याउन आग्रह गर्दै विवाह, पूजा वा अन्य बहानामा हुने तस्करी नियन्त्रण गरिने स्पष्ट पारे ।

खराब नियतका सुरक्षाकर्मी माथि तत्काल कारबाही हुने बताउँदै किसानलाई आवश्यक मल ल्याउन सहजता दिइने तर तस्करीमा संलग्न माथि कडा कारबाही गरिने बताए ।

गत वर्षको असारको तुलनामा यस वर्ष ६५ प्रतिशत राजस्व वृद्धि भएको जानकारी दिँदै पत्रकारलाई पुराना तस्बिर प्रयोग नगर्न र आवश्यक परे नयाँ तस्बिर माग्न आग्रह समेत गरे ।

सीमा विवाद समाधानका लागि दुवै देशका प्राविधिक टोलीले काम गरिरहेको र विपद् व्यवस्थापनमा पालिकासँग समन्वय गरी काम भइरहेको उनले बताए । साथै, विपद् स्वयंसेवक परिचालन तथा ए.पि.एफ. सि.ए.एस एप र लुना एप प्रणाली सञ्चालनमा ल्याइएको जानकारी दिए ।

कार्यक्रमका प्रमुख अतिथिका रुपमा बोल्नुहुदै पुनर्वास नगरपालिकाका नगर प्रमुख तोय प्रसाद शर्माले सर्वसाधारणले दैनिक उपभोगका सामान्य घरायसी सामान भारतबाट ल्याउँदा सहज वातावरण बनाउन आग्रह गरे ।

तस्करी, अखाद्य वस्तु, मदिरा तथा अन्य अवैध सामान माथि भने कडाइ गर्नुपर्नेमा उनले जोड दिए । उनले लागूऔषध पुनर्वासका लागि गम्भीर चुनौती बनेको बताउदै केही स्थानीय युवा यसको चपेटामा परेको बताए ।

गुट्खा ड्यु लगायत अन्य अखाद्य वस्तुको प्रयोगका कारण क्यान्सर जस्ता रोग बढ्दै गएकाले त्यस्ता वस्तु माथि कडाइ गर्नुपर्ने बताए । किसानलाई मल ल्याउन सहज वातावरण बनाउन, जनप्रतिनिधिको सुझाव सुरक्षा निकायले सुन्न, वडा अध्यक्षहरूसँग नियमित समन्वय गर्न समेत उनले सशस्त्र प्रहरीलाई आग्रह गरे ।

सीमा क्षेत्रमा देखिएका समस्या समाधानका लागि नगरपालिकाले आफ्नो तर्फबाट आवश्यक पहल गरिरहेको उनले बताए । साथै नेपाल प्रहरी र सशस्त्र प्रहरीले विपद्का समयमा र्पुयाएको योगदानको उच्च प्रशंसा गर्दै धन्यवाद व्यक्त गरे ।

कार्यक्रममा सीमा सुरक्षा थप प्रभावकारी बनाउने, लागूऔषध नियन्त्रणमा स्थानीय समुदायको सहभागिता बढाउने, तस्करी नियन्त्रण गर्ने तथा स्थानीय तह र सुरक्षा निकायबीच समन्वयलाई अझ सुदृढ बनाउने विषयमा विशेष जोड दिइएको थियो ।

Himal dental
सम्बन्धित
Loading...