

महेन्द्रनगर । निको इन्स्योरेन्स लिमिटेडले उद्यमी व्यवसायीसित बिमा सम्वन्धि अन्तर्कृया कार्यक्रम गरेको छ ।
निको इन्स्योरेन्स निर्जिवन बिमा कम्पनी हो । महेन्द्रनगरमा यो कम्पनीले पुस्पलाल चोकमा कार्यालय खोलेर बिमा सम्बन्धि कार्य गर्दै आएको छ ।



कार्यक्रममा उद्यमी व्यवसायी तथा निर्माण व्यवसायीले बीमा गर्दा अपनाइने प्रक्रिया, बिमाका फाइदा, कम्पनीसित द्विपक्षीय सहकार्य लगायतका बिषयमा छ्लफल गरिएको कम्पनीका महेन्द्रनगर शाखा प्रमुख नवराज जोशीले बताए ।

सहभागी व्यवसायीले आ आफ्नो धारणा राखेका थिए । बिमा गर्दा व्यवसायीले आकास्मिक रुपमा हुने हानी नोक्सानीको क्षतिपूर्ति पाउने भएकाले महत्वपूर्ण भएको जोशीले बताए ।
