ghar sansar

पत्रकारलाई प्रगति सुनाउन अघि एसपीले खुलाए यस्ता कुरा , कञ्चनपुरका एक प्रहरीले गर्ने रहेछ ६ सय ८२ जनाको सुरक्षा

khasi

महेन्द्रनगर । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले बुधबार पत्रकार सम्मेलन गरी गत आर्थिक वर्ष २०८२÷०८३ को वार्षिक प्रगति सार्वजनिक ग¥यो ।

प्रहरीले विगतदेखि पत्रकार सम्मेलन गरी आफ्नो वार्षिक प्रगति सार्वजनिक गर्दै आएको छ । यस अघि प्रहरी प्रमुखले औपचारिक सम्बोधनपछि सिधै उपलब्धि प्रस्तुत गर्थे ।

,orning glory badhai

यस पटक कञ्चनपुर प्रहरी प्रमुख प्रहरी उपरीक्षक नेत्रमणी अधिकारीले प्रगति प्रस्तुति निरन्तरतालाई क्रम भङ्ग गरे ।

प्रहर िनायब उपरीक्षक डिएसपी टेक बहादुर रावतले कार्यक्रम सञ्चालन गर्दै प्रहरी प्रमुख गिरीलाई प्रगति प्रस्तत गर्न आग्रह गरे ।प्रहरी उपरीक्षक गिरी रोष्ट्रममा पुगे । उनले सहभागी पत्रकारलाई स्वागत गर्दै औपचारिक प्रक्रिया पूरा गरे ।

त्यसपछि उनले सिधैं प्रगति प्रस्तुत नगरी सुरुमा प्रहरी जनशक्ति र प्रहरी परिचालनबारे जानकारी गराए । सबैभन्दा पहिले प्रहरी उपरीक्षक गिरीले कञ्चनपुरभरि प्रहरीका ५० युनिट भएको उल्लेख गरे । त्यसमध्ये २० युनिट अस्थायी प्रकृतिका भएको उनले बताए ।

अस्थायी प्रहरी जिल्ला प्रहरी कार्यालय र मातहतका स्थायी युनिटबाट जनशक्ति व्यवस्थापन गरिने जानकारी दिए ।

प्रहरी उपरीक्षक गिरीका अनुसार कञ्चनपुरमा ७ सय ११ प्रहरीको दरबन्दी छ । अहिले ७ सय ५४ जना दरबन्दीमा कार्यरत छन् । राजीनामा वा अवकाशका कारण बाँकी दरबन्दी खाली भएका हुन् ।

dirghayi clinic

कञ्चनपुरको जनसंख्याका आधारमा प्रहरी दरबन्दी कम भएको प्रहरी उपरीक्षक गिरीले बताए ।

गिरीका अनुसार दरबन्दीमध्ये एक जनाको भागमा ६ सय ८२ जनाको सुरक्षा जिम्मा छ । कञ्चनपुरको जनसंख्या ५ लाख ३६ हजार भन्दा बढी छ ।

‘हाम्रो जिल्लाको जनसंख्याको आधारमा एक जना प्रहरीले यति जनाको सुरक्षा जिम्मा लिनु पर्ने अवस्था छ’ उनले भने, ‘यो अन्र्तराष्ट्रिय नियम भन्दा निकै बढी हो, अन्तर्राष्ट्रिय नम्स अनुसार यो भन्दा कम जनसंख्याको सुुरक्षा भागमा पर्छ ।’

अन्तर्राष्ट्रिय नियम अनुसार एक प्रहरीको भाग २ सय ८५ देखि ३ सय ३० जनासम्मको सुरक्षा जिम्मा हुन्छ ।

प्रहरीले उपरीक्षक गिरीले प्रहरी सम्बन्धि जानकारी गराएपछि मात्रै गत आर्थिक वर्षको प्रगति सुनाए ।

यस अघि प्रहरीको सिधैं प्रहरीको वार्षिक प्रगति प्रस्तुत हुने गरेको थियो । प्रहरी उपरीक्षक गिरी गत जेठमा मात्रै कञ्चनपुर प्रहरी प्रमुख भएका हुन् ।

पत्रकार सम्मेलनमा सार्वजनिक प्रगति अनुसार आर्थिक वर्ष २०८२÷०८३ मा विभिन्न अपराधसंग सम्बन्धित एक हजार ९१ मुद्दा दर्ता गरिएका छन् ।

प्रहरीले गत वर्ष शान्ति सुरक्षा, अमनचयन र अपराध अनुसन्धान र न्यूनीकरणमा अपेक्षित उपलब्धि हासिल गरेको प्रहरी उपरीक्षक गिरीले बताए ।

वार्षिक प्रगति प्रस्तुत गरेपछि सहभागी पत्रकारले विभिन्न जिज्ञासा राखे । प्रहरी उपरीक्षक गिरी र डिएसपी रावतले जिज्ञासाका जवाफ दिए ।

Himal dental
सम्बन्धित
Loading...