
ब्रह्मदेबको सिद्धनाथ मन्दिरमा श्रावणी धार्मिक महोत्सव सत्सङ्ग संगीतमय प्रवचन तथा श्रुङ्गारिक महा आरती

महेन्द्रनगर । भीमदत्त नगरपालिका ९ ब्रह्मदेबस्थित सिद्ध नाथ मन्दिरमा श्रावणी धार्मिक महोत्सव सत्सङ्ग संगीतमय प्रवचन तथा श्रुङ्गारिक महा आरती सुरु भएको छ ।
सिद्धनाथ मन्दिर संरक्षण समितिले मन्दिर परिसरभित्र महायज्ञ लगाएको छ ।


महायज्ञ एक महिना सम्म संचालन हुने समितिका कार्यालय प्रमुख गोबिन्द महताले जानकारी दिए ।
उनका अनुसार महायज्ञमा कथा बाचन, भजन किर्तन लगायतका कार्यक्रम हुने गरेका छन् ।
पूर्णागिरी मेला सकिए पछि महायज्ञ सुरु गरिएको छ । साउन १ गते समितीका अध्यक्ष केशब नायक लगायतको उपस्थितमा महायज्ञ उद्घाटन गरिएको थियो ।
महायज्ञ सुरु भए पछि मन्दिरना चहलपहल बढेको छ ।
