ghar sansar

मर्निङ्ग ग्लोरीमा यसरी मनाइयो गुरु पूर्णिमा

khasi

महेन्द्रनगर । भीमदत्त नगरपालिका १८ जानकी टोलस्थित मर्निङ्ग ग्लोरी माध्यमिक विद्यालयमा गुरु पूर्णिमा मनाइएको छ । विद्यार्थीहरूले विविध कार्यक्रम गरी पूर्णिमा मनाएका छन् ।

उनीहरुले विद्यालयका शिक्षकहरुलाई सम्मान गरे । उनीहरुले गुरु पूर्णीमा सम्बन्धि कबिता, श्लोक वाचन तथा विद्यार्थी जिवनमा गुरूको भुमिका सम्बन्धि प्रस्तुति, नृत्य सहित विविध कार्यक्रम गरे ।

dirghayi clinic

विद्यार्थीले गुरू महिमा एवं शिक्षकले प्यारा विद्यार्थीलाई सत्कर्म तथा असल एवं ज्ञानी बन्न शुभकामना दिए ।

विद्यालयका प्रिन्सिपल चुडामणी शर्माले विद्यार्थीहरूलाई असल एवं प्रतिस्पर्धी बन्न शुभकामना सहित विद्यार्थीहरूको सफलतामा एवं कठिनाइहरूमा विद्यालयका शिक्षक तथा विद्यालय परीवार सदैव अग्रसर हुने र विद्यार्थीका हरेक क्रियाकलापमा गुरूको अभाव हुन नदिने भन्दै सम्पूर्ण विद्यार्थीहरूलाई शुभकामना दिए ।

पछिल्लो समय विद्यार्थी एवं अभिभावक माझ लोकप्रिय बन्दै गईरहेको मर्निङ्ग ग्लोरी विद्यालयमा विद्याहरूको पढाइ गुणस्तर वृद्धि एवं प्रतिभा प्रस्फुटनका लागि विविध कार्यक्रम हुँदै आएको समेत प्रिन्सिपल शर्माले बताए ।

Himal dental
सम्बन्धित
Loading...