ghar sansar

रेडियन्टमा गुरु पूर्णिमा मनाइयो

khasi

महेन्द्रनगर । रेडियन्ट माध्यमिक विद्यालयमा बुधबार गुरुप्रति श्रद्धा, भक्ति र सम्मान प्रकट गर्दै बुधबार गुरु पूर्णिमा मनाइएको छ । विद्यालयमा गरिएको कार्यक्रममा विद्यार्थीहरूले गुरुजनहरूप्रति आदरभाव व्यक्त गर्दै गुरु पूर्णिमा मनाएका छन् ।

dirghayi clinic

कार्यक्रममा विद्यार्थीहरूले शिक्षक–शिक्षिकाहरूलाई टीका लगाई दोसल्ला ओढाएर सम्मान व्यक्त गरे । उनीहरले आफ्ना तर्फबाट शिक्षकहरूलाई विभिन्न उपहार तथा मायाको चिनो समेत प्रदान गरी गुरु पूर्णिमाको शुभकामना आदानप्रदान गरेका थिए ।

विद्यालयका प्रधानाध्यापक सूर्य बहादुर चन्दले विद्यार्थीहरूले आफ्ना गुरुहरूप्रति देखाएको यो श्रद्धा र सम्मानले पठनपाठनमा अझ बढी ऊर्जा र उत्साह थपेको बताए । उनले जीवनमा सफलता प्राप्त गर्नका लागि गुरुले सिकाएको बाटोमा लाग्नुपर्ने र यस्ता कार्यक्रमले विद्यार्थीमा नैतिक मूल्य, मान्यता र अनुशासनको विकास गर्न ठूलो मद्दत पुर्याउने बताए ।

कार्यक्रममा विद्यार्थीहरूले गुरुको महत्त्व दर्साउने विभिन्न भनाइ तथा मन्तव्यहरू समेत राखेका थिए ।

Himal dental
सम्बन्धित
Loading...