

महेन्द्रनगर । ‘हाम्रा आवाज ः चेलिबेटी बेचबिखनबाट मुक्त समाज’ नारा सहित माईती नेपाल कञ्चनपुरले विश्व मानव बेचबिखन बिरुद्ध दिवसको अवसरमा दोधारा चाँदनी नगरपालिका– ७ स्थित ओम पुष्पाञ्जली इङ्लिस स्कुलका विद्यार्थीलाई मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण सम्बन्धि अनुशिक्षण दिएको छ ।
माईती नेपाल कञ्चनपुरकी संयोजक महेश्वरी भट्टले भारतसंग सीमा जोडिएको दोधारा चाँदनी नगरपालिका मानव बेचबिखन तथा ओसारपसारका दृष्टिले संवेदनशिल रहेको हुँदा सचेतनाका लागि बिद्यार्थीलाई अनुशिक्षण दिइएको बताइन् ।
दोधारा चाँदनी नगरपालिका खुला सिमानाको कारण महिला तथा किशोरीहरु बेचबिखनको चपेटामा पर्न सक्ने जोखिम उच्च रहेको हुँदा माईती नेपाल कञ्चनपुरले बिभिन्न समयमा जनचेतनामुलक कार्यक्रमसंगै जोखिममा रहेका किशोरीलाई अनुशिक्षण दिँदै आएको छ ।

बिद्यार्थी मार्फत समुदाय स्तरसम्म मावन बेचबिखन विरुद्ध जनचेतना फैलाउन अनुशिक्षण दिइएको बताइएको छ ।
मानव वेचविखन हुन सक्ने स्थान, तौरतरीका, प्रयोजन तथा कारण तथा कानुनी उपचारबारे सहजीकरण गरिएको उनको भनाई छ ।
ओम पुष्पाञ्जलीका प्रधानाध्यापक पुष्पा क्षेत्री पुनः मगरले माईती नेपालले यस क्षेत्रमा मानब बेचबिखन तथा ओसारपसार बिरुद्ध सचेतना फैलाउन कार्यक्रमको आयोजना गरेकोमा धन्यवाद दिइन् ।
उनले मानब बेचबिखन तथा ओसारपसार नियन्त्रणमा आफु पनि कटीबद्ध भएर लागेको र आगामी दनमा पनि आफ्नो साथ सहयोग सधैं रहने प्रतिबद्धता जनाइन् ।
