

महेन्द्रनगर । एनएमबी बैंक लिमिटेड शाखा कार्यालय महेन्द्रनगरले दुई सामुदायिक विद्यालयलाई कम्प्युटर सहयोग गरेको छ ।
बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत भीमदत्त नगरपालिका क्षेत्रका सत्यवादी माध्यमिक विद्यालय र शिव ज्ञानेश्वर आधारभूत विद्यालय महेन्द्रनगरलाई डिजिटल शिक्षण–सिकाइलाई प्रभावकारी बनाउन कम्प्युटर खरिदका लागि आर्थिक सहयोग गरेको छ ।


विद्यालयमा शैक्षिक तथा आधारभूत पूर्वाधार विकासका लागि सहयोग प्रदान गरिएको बैकले जानकारी दिएको छ ।
सहयोग हस्तान्तरण कार्यक्रममा बैंकका सिनियर र्एरिया मेनेजर सुशील बहादुर सिंह, शाखा प्रबन्धक खेमराज उपाध्याय, व्यवसाय विकास प्रबन्धक अन्जु भट्ट तथा विद्यालयका प्रधानाध्यापक र शिक्षक–शिक्षिका सहभागी भए ।
सामुदायिक विद्यालयका आवश्यकतालाई पहिचान गरी गरिएको सहयोगका लागि विद्यालयले बैंंकलाई धन्यवाद दिएका छन् ।
बैंकका सिनियर एरिया मेनेजर सिहंले सामाजिक उत्तरदायित्व र वित्तीय साक्षरतालाई सँगसँगै अघि बढाउँदै समुदायको समग्र विकासमा योगदान पु¥याउने बैंकको अभियान आगामी दिनमा पनि निरन्तर रहने बताए ।
