ghar sansar

यसरी हुँदै आएको छ महेन्द्रनगर बजार बन्द

khasi

महेन्द्रनगर । कञ्चनपुर उद्योग बाणिज्य संघका कार्यकारी अधिकृत हेमराज भट्ट २०५३ मा जागिर लाग्दा पहिलो सोमबार र शनिबार बजार बन्द हुने गरेको सम्झन्छन् ।

त्यति बेला सोमबार ३ नम्बर गल्लीसम्म र बसपार्क क्षेत्र बन्द हुन्थ्यो । त्यस बाहेकको बजार शनिबार बन्द हुने नियम थियो ।

२०६० सम्म यसरी नै बजार बन्द भयो । होटेल र मेडिकल भने खुला रहने गरेका थिए ।

सशस्त्र द्वन्द्वले बजार व्यवसाय प्रभावित भएपछि संघको अगुवाइमा २०६० देखि शनिबार बन्द गर्न थालियो ।

शनिबार बन्द गर्ने नियम सबैले पालना गरेको देखिएको थिएन । व्यवसायीले इच्छा अनुसार बजार बन्द गर्दै आएका थिए ।

अहिले फेरि पहिलो र तेस्रो शनिबार बजार बन्द हुन थालेको छ । संघको १८ औ कार्य समिति निर्वाचनबाट निर्वाचित समितिले बजार बन्दको नया नियम लागू गरेको छ ।

कञ्चनपुर उद्योग बाणिज्य संघका महासचिव राहुल भट्टले व्यवसायीको माग अनुसार बजार बन्द हुने गरेको बताए । संघको नया समिति आएपछि बन्द गर्ने कि नगर्ने भनेर बजार सर्भे गरिएको थियो ।

संघका कर्मचारी प्रश्नोत्तर सहित सर्भेक्षणमा गएका थिए । साप्ताहिक, पाक्षिक र मासिक रुपमा कति दिन बन्द गर्ने भनेर प्रश्नावली लगेर सोधिएको थियो ।

सर्भेक्षणमा सबैभन्दा बढीले दुई दिन बन्द गर्न सुझाव दिएको महासचिव भट्टले बताए ।

बन्द गर्न हुदैन भन्नेमा थोरै व्यवसायी देखिएका थिए । सर्भेक्षणको नतिजा अनुसार संघले बन्द गर्ने निर्णय गरेको हो । 

dirghayi clinic

बजार बन्दमा अह अत्यावश्यक सेवा मेडिकल, होटेल,डेरी, सब्जीमण्डी बाहेक अन्य बजार बन्द हुने महासचिव भट्टले बताए ।

बजार बन्दबाट एक रुपता आउने, कामदारलाई फूर्सद हुने र व्यवसायीलाई पनि मानसिक तनाव कम हुने महासचिव भट्टले बताए ।

अहिलेको बजार बन्द प्रभावकारी भएको उनी बताउँछन् । 

बन्दको अघिल्लो दिन संघले माइकिङ्ग गरी जानकारी दिने गरेको छ । यो व्यवसायी सम्झाउन गर्ने गरिएको छ।

नाइ संघ, नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी संघ र सुन चादी संघले आफ्नो नियम अनुसार बन्द गर्दै आएका छन् ।
संघको नया समितिले सामाजिक उत्तरदायित्व अन्तर्गत बजार सरसफाई, बृक्षारोपण, व्यवसायीको बिमा कार्यक्रम पनि सुरु गरेको छ ।

गत बर्ष संघका सबै दुइ हजार एक सय २१ सदस्यको एक लाखको बिमा गरिएको थियो ।

यस बर्ष नविकरण गर्नेको बिमा दुई लाख पुगाइएको छ । संघले प्रहरीलाई साइकल बितरण गरेको थियो ।

संघका पदाधिकारी र सदस्यले हरेक बैठकमा लेबी तिर्छन । पदाधिकारी एक हजार पाच सय र सदस्यलाई एक हजार लेबी रकम तोकिएको छ ।

संघका पूर्व अध्यक्ष जङ्ग बहादुर मल्लको कार्यकालदेखि लेबी उठाउन सुरु गरिएको थियो ।

संघमा नया सदस्यलाई एक हजार छ सय ५०, प्रालि दुई हजार एक सय र संस्थागत सदस्यलाई १० हजार शुल्क राखिएको छ ।

संघमा दुई हजार दुई सय सदस्य छन् ।

Himal dental
सम्बन्धित
Loading...