ghar sansar

भीमदत्त पन्त स्मृति दिवसमा आयोजित निबन्ध प्रतियोगिताका बिजेतालाई पुरस्कार वितरण

khasi

महेन्द्रनगर । किसान नेता भीमदत्त पन्तको ७३ औ स्मृति दिवसमा आयोजित आजको सन्दर्भमा भीमदत्त पन्त बिषयक निबन्ध प्रतियोगिताका बिजेता विद्यार्थीलाई पुरस्कार बितरण गरिएको छ।

पूर्व उप सभामुख तथा भीमदत्त स्मृति प्रतिष्ठानका सल्लाहकार भोजराज जोशीको प्रमुख आतिथ्यमा कार्यक्रम प्रथम, द्वितीय, तृतीय र सान्त्वना स्थान हासिल गर्ने विद्यार्थीलाई पुरस्कार तथा प्रमाणपत्र बितरण गरिएको छ ।

प्रतियोगितामा मेधावी स्कुल भासीकी आइशा चौधरी प्रथम, इन्टरनेशनल पब्लिक स्कुलला भरत भट्ट द्वितीय, मोडर्न मन्टेश्वरीका प्रीन्स पुजारा तृतीय र महेन्द्रनगर माबि साधारण स्कुलका भावना जोशीलले सान्त्वना स्थाल हासिल गरेका थिए ।

कार्यक्रममा प्रथम, द्वितीय, तृतीय र सान्त्वनालाई क्रमशः चार हजार, तीन हजार, दुई हजार र एक हजार नगद पुरस्कर र प्रमाणपत्र प्रदान गरिएको छ ।

कार्यक्रमका प्रमुख अतिथि पूर्व उप सभामुख जोशी र प्रतिष्ठानका अध्यक्ष हरि प्रसाद जोशीले पुरस्कार र प्रमाणपत्र प्रदान गरे ।

प्रतियोगितामा भीमदत्त नगरपालिका क्षेत्रका १२ बिद्यालयका २४ विद्यार्थी सहभागी भएका थिए । सहभागी सबैलाई प्रतियोगिता निर्णायक मण्डलका सदस्यद्वय उद्धव ठगुन्ना,जगदीश ओझा, प्रतिष्ठानका उपाध्यक्ष नन्दा धामी र जेसिज माबि राजिपुरका शिक्षक सीता पुजाराले प्रमाणपत्र प्रदान गरे ।

प्रतिष्ठाका अध्यक्ष हरि प्रसाद जोशीले कार्यक्रमको अध्यक्षता गरे ।

कार्यक्रमका प्रमुख अतिथि जोशीले भीमदत्त पन्तले उठएका किसान, गरीव, समुदायका मुद्दा अहिले पनि सान्दर्भिक भएको उल्लेख गर्दै विद्यार्थीहरुले पन्तबारे चासो देखाएकोमा खुसी व्यक!गरे ।

dirghayi clinic

भीमदत्त पन्तले ७५ बर्ष अघि कित जोत हलो, कित छोड थलो, यदि हैन भने छैन भलो भन्ने नारा सहित सुदूरपश्चिममा किसान क्रान्ति गरेका थिए ।

प्रमुख अतिथि जोशीले त्यति बेलाको नारा अहिले पनि आम किसानको मन मस्तिष्कमा भएको र पन्तको क्रान्तिको सपना अझै पूरा हुन नसकेको उल्लेख गरे ।

२०१० साउन १७ गतेको डोटीको बुडरमा तत्कालिन सरकार भारतीय सेनाको समेत सहयोग लिएर गोली हानी मारेको थियो ।

पन्तको निधन भएको दिन साउन १७ गतेलाई बर्षेनी भीमदत्त पन्त स्मृति दिवसका रुपमा मनाउने गरिएको छ ।

भीमदत्त पन्त स्मृति प्रतिष्ठानले स्मृति दिवसको अवसरमा निवन्ध प्रतियोगिता, तस्बिरमा माल्यार्पण, प्रतिष्ठान कार्यालयमा सरसफाइ लगायत कार्यक्रम गरिएका थिए ।

प्रतिष्ठानका अध्यक्ष जोशीले अहिलेसम्म पनि भीमदत्त पन्तले उठाएका मुद्दा यथावत रहेको उल्लेख गर्दै स्थानीय तहले सहिदका सपना पूरा गर्न ध्यान दिनु पर्ने बताए ।

भीमदत्त स्मृति उद्यानमा तोडफोड गरिएको शालिक भीमदत्त नगरपालिकाले मर्मत सम्भार गर्न वेवास्ता गरिएको भन्दै अध्यक्ष जोशीले असन्तुष्टि व्यक्त गरे ।

प्रतिष्ठानका सचिव कर्ण बहादुर चन्दले कार्यक्रम संचालन गरे ।

भीमदत्त पन्तको सम्मानमा २०६७ मा तत्कालीन महेन्द्रनगर नगरपालिकालाई भीमदत्त नगरपालिका नामाकरण गरिएको थियो ।

Himal dental
सम्बन्धित
Loading...