ghar sansar

बैतडीमा गाई बेचेर अस्पताल भर्ना

khasi

गोकर्ण दयाल
महेन्द्रनगर । घाँस काट्न गएका बेला भिरबाट लडेर गम्भीर घाइते भएकी एक महिलालाई गाई बेचेर अस्पताल भर्ना गरिएको छ ।

दशरथचन्द नगरपालिका –४, बुदखोलाकी देवकी तिरुवा साउन २७ गते घाँस काट्न स्थानीय रामपातल वनमा जाँदा चिप्लेर भिरबाट खसेकी थिइन् । तत्काल उद्धार गरेर जिल्ला अस्पताल बैतडी लगिएकी उनलाई नेपालगञ्च रेफर गरिएको छ ।

चिकित्सकले उनको मेरुदण्डमा गम्भीर चोट लागेकाले तुरुन्तै शल्यक्रिया (सर्जरी) गर्नुपर्ने बताए पनि उपचार खर्च नभएको उनका श्रीमान् दानीरा तिर्वाले पीडा बताए । उपचार खर्च जुटाउन गाई बेच्नुपरेको उनले बताए ।

“सरकारले बनाइदिएको जनता आवासको घर गत असार १३ गतेको पहिरोमा पुरियो । साना बालबच्चा र गाई बाच्छा बोकेर छिमेकीको गोठमा आश्रय लिइरहेका बेला श्रीमती भिरबाट लडिन् । अस्पताल जाने खर्च नहुँदा दुधालु गाई बेचेर नेपालगञ्ज पुगेका छौं ’ उनले भने ।

dirghayi clinic

तिरुवा परिवारको बस्ने घर नहुँदा केही वर्षअघि नेपाल सरकारले जनता आवास कर्यक्रम मार्फत बनाइ दिएको थियो । सो घर गत असारको पहिरोले पुरिएको छ ।

श्रीमती भिरबाट लडेपछि उपचार गर्न र घरमा खाने अन्न नहुँदा बालबच्चा चिसो गोठमा भोकभोकै बसेको दानीराम तिर्वाले दुःखसो पोखे ।

छिमेकी्ले दिएको गाडी भाडाले नेपालगञ्जसम्म आइपुगे पनि उपचार गर्न रकम नभएको उनले दुःखेसो पोखे । उता घरमा बालबच्चा शोक र भोकले थला परेर रोइरहेको स्थानीय छिमेकी मदन तिर्वाले बताउनुभयो । दुध दिने गाईको स्याहार गर्ने मानिस नहुँदा आधा मूल्यमै गाई बेचेर उपचारका लागि खर्च पठाएको उनी बताउँछन् ।

अस्पतालको बरण्डामा टोलाइरहेका दानीरामले पत्नीको प्राण बचाउन ओखती किन्ने एक सुको पैसा नभएको पीडा सुनाउँदै मनकारीसँग सहयोगको याचना गरेका छन् ।

साभार : गोरखापत्र अनलाइन

Himal dental
सम्बन्धित
Loading...