ghar sansar

बैशाखाको सिद्धनाथ बैजनाथ मन्दिरमा टिका लगाउन अस्वीकार गरी आफूमाथि जातीय विभेद गरिएको भन्दै जाहेरी लिएर प्रहरीमा पुगे पीडित, जाहेरी दर्ता गर्न प्रहरी आलटाल गरि रहेको गुनासो

khasi

महेन्द्रनगर । शुक्लाफाँटा नगरपालिका १ बैशाखा शिविरस्थित सिद्ध बैजनाथ मन्दिरमा दुई दिन अघि एक स्थानीयमाथि भएको जातीय विभेद घट्नाको जाहेरी लिएर पडित र स्थानीय इलाका प्रहरी कार्यालय झलारी पुगेका छन् ।

मन्दिरमा पूजापाठका लागि पुगेका स्थानीय मोहन दमाईले टिका लगाउन आग्रह गर्दा उनलाई पातमा टिका दिइएको थियो । त्यसपछि दमाईले मन्दिरमा भएका अन्य जस्तै आफूलाई पनि टिका लगाउन पर्ने बताएपछि उनीमाथि गालीगलौज र कुटपिटको प्रयास गरिएको थियो ।

दमाइ सार्वजनिक स्थानमा आफूमाथि जातीय विभेद गरिएको भन्दै शुक्रबार इलाका प्रहरी कार्यालय झलारीमा मन्दिर समितिका पदाधिकारी सहितका नाममा जाहेरी लिएर प्रहरी कार्यालय पुगेका छन् ।

dirghayi clinic

इलाका प्रहरी कार्यालयले जाहेरी दर्ता गर्न मानेको छैन । ज्योतिषाचार्य पण्डित गणेश प्रसाद पन्त लगायतका अधिकारकर्मीले जाहेरी दर्ता गर्न प्रहरीलाई आग्रह गरि रहेका छन् । ज्योतिषाचार्य पण्डित पन्तले प्रहरीले जसरी पनि जाहेरी दर्ता कानुनी प्रक्रिया थालनु पर्ने बताए ।

मन्दिरमा दमाई र अर्को पक्षबीच भएको भिडियो सामाजिक सञ्जालमा आएको छ । भिडियोमा केही स्थानीयले दमाईलाई कुटपिट गर्न खोजेको दृष्य देखिन्छ । स्थानीय महिलाले समेत दमाईलाई हप्काएका छन् ।

दमाईले विभेद भएपछि प्रहरीलाई जानकारी गराएका थिए । प्रहरीले सुदूरपश्चिममा यस्तै छ भन्दै उनलाई घर पठाएर मन्दिरमा पूजापाठ गराएको थियो ।

टिका लगाउन आफूले आग्रह गरेपछि समितिका सदस्यहरु गालीगलौज गदैृ आफूलाई कुटपिट गर्नसम्म आएको खोजेको दमाईले बताए ।

दमाई मन्दिर नजिक बसोबास गर्छन् । मन्दिर समितिका सदस्यसित यसबारे जानकारी लिने प्रयास सफल हुन सकेन

Himal dental
सम्बन्धित
Loading...