
भीमदत्तले भोटेकोशी बाढी पीडितलाई सहयोग गर्ने, उप मेयर जोशी भन्छिन्– देश ठूलो विपत्तिमा छ, सबैले सहयोग गरौ

महेन्द्रनगर । भीमदत्त नगरपालिकाले भोटेकोशी बाढी प्रभावित वासिन्दाका लागि सहयोग गर्ने भएको छ । भीमदत्त नगरपालिकाका उप मेयर निलम लेखक जोशीले नगरपालिकाले जनप्रतिनिधि र कर्मचारी सबैले सहयोग गर्ने निर्णय गरिएको जानकारी दिएकी छन् ।
भीमदत्त नगरपालिका १३ स्थित सौगात इङ्गलिश मिडियम स्कुलको नव निर्मित भवनको गृह प्रवेश कार्यक्रममा उप मेयर जोशीले बाढीले देश ठूलो विपत्तिमा परेको र यस दुःखद घडीमा नगरपालिकाले जनप्रतिनिधि र कर्मचारी सबैले सहयोग प्रधानमन्त्री दैबी प्रकोप उद्धार कोषमा सहयोग गर्ने निर्णय गरिएकी बताइन् ।

उप मेयर जोशीले भोटेकोशीको बाढीलाई अकल्पनीय भन्दै त्यस दिनलाई कालो दिन भएको उल्लेख गरिन् ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भवानीदत्त भट्टको अध्यक्षतामा गरिएको कार्यक्रममा उप मेयर जोशी प्रमुख अतिथि थिइन् । उनले विद्यालयले शैक्षिक क्षेत्रमा पुगाएको योगदान सरहानीय भएको बताइन् ।
कार्यक्रममा भीमदत्त नगरपालिका १६ का वडा अध्यक्ष केशव सिह विष्ट, काँग्रेस भीमदत्त १३ का वडा सभापति विष्ण सिह विशिष्ठ अतिथि थिए ।
विद्यालयका प्रिन्सिपल केशवदत्त भट्टले स्वागत मन्तव्य राख्दै विद्यालयबारे जानकारी दिए । विद्यालयका शिक्षक टेकराज भट्टले कार्यक्रम सञ्चालन गरेका थिए ।
