ghar sansar

राखीका लागि घर आउँछु भनेर प्रहरी हवल्दार भट्टले दिएका घर परिवारलाई जानकारी, भोटेकोशीको बाढीले छन् सम्पर्क विहीन

khasi

महेन्द्रनगर । बेदकोट नगरपालिका ८ का नरेन्द्र प्रसाद भट्टले भदौ ९ गते घरमा फोन गरी रक्षा बन्धनका लागि बुधबार घर आउने जानकारी दिएका थिए ।

भट्ट रसुवाको टिमुरेस्थित इलाका प्रहरी कार्यालयमा प्रहरी हवल्दार थिए । उनले अर्को दिन घर सबै तयारी गरि सकेको बताएका थिए ।

रक्षा बन्धनका लागि घर आउने जानकारी गराएका भट्ट भोटेकोशी बाढीपछि घर आउन नपाएर वेपत्ता छन् । घर परिवार उनको खोजीका लागि चौतर्फी गुहार मागि रहेका छन् ।

‘अघिल्लो दिन राखीका लागि घर आउँछु भन्नु भएको थियो, यस पाली घरमै रक्षा बन्धन मनाउँछु, सबै सर समान प्याक गरि सकेको छmु तयारी गरि सकेको छु भनेर फोनमा भन्नु भएको थियो’ प्रहरी हवल्दार भट्टका भाई दिनेश राज भट्टले भने,‘भोटेकोशी बाढी केही सम्पर्क छैन, के भयो, घर परिवारमा चिन्तामा छौ ।’

भदौ १० गते भोटेकोशीको बाढीले इलाका प्रहरी कार्यालय टिमुरेमा कार्यरत प्रहरी सम्पर्क बिहीन छन् । भट्टका भाई दिनेशका अनुसार बुधबार उनी ड्युटीमा बसेका बेला अचानक बाढी इलाका प्रहरी कार्यालय पसेको थियो ।

dirghayi clinic

भट्ट अघि ड्युटी बसेका प्रहरीले उनी पोष्टमा पुगेपछि मात्रै आफू कार्यालय फर्किएको भनेर जानकारी दिएको भट्टले बताए ।

प्रहरी हवल्दार भट्ट दिनेशका काकाका छोरा हुन् । उनी दुई वर्षपछि प्रहरी सेवाबाट अवकाश लिने तयारीमा थिए । दिनेशराज भीमदत्त नगरपालिका १८ का वडा सचिव हुन् । भोटेकोशीमा बाढी गएपछि घर परिवार चिन्तामा परेको उनले बताए ।

भोटेकोशी बाढीले हवल्दार भट्ट वेपत्ता भएको जानकारी आएपछि भट्टले सामाजिक सञ्जालमा उनलाई आफूहरु व्यग्र प्रतिक्षामा बसेको स्टयाटश राखेका थिए ।

‘हामी तपाईको व्यग्र प्रतिक्षामा छौ दाई, चाँडो सम्पर्कमा आउनु, प्रहरी हवल्दार नरेन्द्र प्रसाद भट्ट, कार्यरत इलाका प्रहर िकार्यालय टिमुरे, जिल्ला प्रहरी कार्यालय रसुवा’ भट्टले फेसबुकमा लेखेका छन् ।

प्रहरी हवल्दार भट्ट अझैसम्म सम्पर्कमा आएका छैनन् । ‘के कस्तो अवस्थामा छन्, केही थाह छैन, सम्पर्कमा आएको छैनन्’ उनले भने ।

तीन दिनसम्म सम्पर्कमा नआएपछि घर परिवार सुत्न पाएको छैन । ‘राखी मनाउन घर आउँछु भनेपछि सबै खुसी भएका थियौ, बुधबार त्यस्तो भएपछि सबै खुसी हरायो’ दिनेशराजले भने ।

वेपत्ता हवल्दार भट्टका घर परिवारले उनको अवस्था पत्ता लगाई सहयोग गरि दिन सरकारका सबै निकायसित आग्रह गरेका छन् ।

Himal dental
सम्बन्धित
Loading...