

महेन्द्रनगर । दोधारा चाँदनी नगरपालिका–७ कञ्चनभोजमा शुक्रबार राति प्रहरी र तस्कर समूहबीच झडप भएको छ । झडपमा एक जना प्रहरी घाइते भएका छन् ।
इलाका प्रहरी कार्यालय दोधारा चाँदनीको प्रहरी टोलीले भारतबाट आएको समान बरामद गर्ने क्रममा प्रहरीसित झडप भएको छ ।
प्रहरीले भारतबाट आएको सबै समान भने बरामद गरेको छ । इलाका निमित्त इन्चार्ज प्रहरी नायब निरीक्षक(सई) रामकृष्ण जोशी नेतृत्वको टोली कञ्जभोजमा परिचालन भएको थियो ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले शुक्रबार राति समान नियन्त्रणमा लिने क्रममा प्रहरीसित झडप भएको पुष्टि गरेको छ ।
प्रहरी कार्यालयका प्रवक्ता डिएसपी टेक बहादुर रावतले समान नियन्त्रणमा लिने क्रममा झडप भएको बताए ।
‘त्यहाँ समान नियन्त्रण लिन खोज्दा एक जनासित झडप भएको हो, एक जना प्रहरीलाई चोटपटक लागेको छ’ डिएसपी रावतले भने ।
प्रहरीले राति ४ लाख मूल्य बराबरको समान बरामद गरेको छ । बरामद समानमा डिजेल तथा विभिन्न किरानाका समान छन् ।
