

महेन्द्रनगर । भीमदत्त नगरपालिका ९ ब्रह्मदेबस्थित सिद्धनाथ मन्दिर विकास संरक्षण समितिले भोटेकोशी त्रिशूली बाढी पीडित वासिन्दालाई सहयोग गर्ने भएको छ ।
समितिको शनिबार बसेको बैठकले बाढीबाट भएको ठूलो जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै प्रभावित वासिन्दाको राहत तथा उद्धार कार्यमा सहयोगका लागि २५ हजार ५ सय सहयोग गर्ने निर्णय गरिएको छ ।

समितिका अध्यक्ष केशव सिह नायकको अध्यक्षतामा बसेको बैठकले प्रधानमन्त्री दैबी प्रकोप उद्धार कोषमा सहयोग जम्मा गर्ने निर्णय गरेको समितिका उपाध्यक्ष राजु नाथले जानकारी दिए ।
भदौ १० गते बिहान भोटेकोशी त्रिशूलीमा आएको बाढीले रसुवा, नुवाकोट सहितका १४ जिल्लामा ठूलो धनजनको क्षति भएको छ ।
सिद्धनाथ मन्दिर समितिले बाढीमा परी ज्यान गुमाउने सबैमा श्रद्धाञ्जली दिँदै घर परिवारमा समवेदना व्यक्त गरेको छ ।
