ghar sansar

भोटेकोशी त्रिशूली बाढी आउनु अघि घर परिवारसित कुरा भएका खैरभट्टीका गुरुङ्ग छन् सम्पर्क बिहीन, सुरुङ्गभित्र फसेको आशंका, खोजीमा सहयोगका लागि घर परिवारको आग्रह

khasi

महेन्द्रनगर । भोटेकोशी त्रिशूलीको बाढी आएपछि सम्पर्क विहीन भीमदत्त नगरपालिका १८ खैरभट्टीका लक्ष्मण गुरुङ्गका घर परिवार चिन्तामा छन् । गुरुङ्गको खोजीका लागि उनीहरुले चिनजानका सबैलाई गुहारि सकेका छन् ।

गुरुङ्गका छोराले सामाजिक सञ्जालबाट गुरुङ्गको खोजीका लागि अपिल जारी गर्दै घर परिवार पीडा र चिन्तामा परेको बताएका छन् ।

‘रसुवामा आएको बाढीका कारण मेरा बुवा सम्पर्क बिहीन हुनु भएको छ । वहाँसंग अहिलेसम्म कुनै सम्पर्क हुन सकेको छैन । हामी परिवार अत्यन्त पीडा र चिन्तामा छौ । वहाँलाई देख्नु भएको, भेट्न भएको वा वहाँको अवस्थाबारे कुनै जानकारी पाउनु भएको छ भने हामीलाई तुरुन्त खबर गरि दिन हार्दिक अनुरोध गर्दछौ’ छोरा अमन थापाले जारी अपीलमा भनिएको छ, ‘मेरा बाबालाई सकुशल भेटाउने खोजीमा सबैको सहयोगको अपेक्षा गर्दछु ।’

dirghayi clinic

गुरुङ्गसित बाढी आउन पूर्व बिहान ८ः१३ मिनेटमा भएको थियो । त्यसको ५ मिनेटपछि गुरुङ्गको फोन अफ भएर सम्पर्क हुन नसकेको हो । उनीसित सम्पर्क नभएको २८ मिनेट अर्थात ८ः४५ बजे मात्रै बाढी पुगेको बताइएको छ ।

भीमदत्त नगरपालिका १८ का वडा अध्यक्ष रबिन्द्र देबकोटाले फोन सम्पर्क नभएपछि उनी जल विद्युत योजनाको सुरुङ्गभित्र फसेको घर परिवारले आशंका गरेको जानकारी दिए ।

‘बाढी गएको दिन ८ : १३ सम्म कुरा भएको ८ः १७ मा फोन अफ भयो, ८ः४५ मा बाढी गएको भन्ने छ’ वडा अध्यक्ष देबकोटाले भने, ‘त्यो बिचमा सुरुङ्गमा पसेको हुन सक्ने भन्ने छ, त्यसैले सरकारले सुरुङ्गभित्र छिटो उद्धार कार्य गर्न आग्रह गर्दछौ ।’

गुरुङ्ग माथिल्लो त्रिशुली १ जल विद्युत आयोजनाको चिनियाँ निर्माण कम्पनी सिने हाइड्रो ब्युरो ६ अन्र्तगत मैलुङ्ग क्षेत्रमा कार्यरत भएको बताइएको छ ।

Himal dental
सम्बन्धित
Loading...