

महेन्द्रनगर । महाकाली यातायात बहुउद्देश्यीय कम्पनी प्रालिको अध्यक्षमा बिष्णु कडेल र नबिन भट्टले उम्मेदवारी दिएका छन् ।
कम्पनीको बिशेष साधारण सभाबाट कम्पनीको नया नेतृत्व चयन गर्न निर्वाचन गरिएको हो । कम्पनीको अध्यक्ष र संचालक सहित ११ पदका लागि निर्वाचन प्रक्रिया अघि बढेको हो । कम्पनीका १० संचालकका लागि १७ जना उम्मेदवार भएका छन् ।
रक्षा बन्धन, सार्वजनिक बिदा र गौराका कारण अर्को सूचना नभएसम्मका निर्वाचन प्रक्रिया स्थगित भएको छ ।
निर्वाचन अधिकृत अर्जुन कार्कीले उम्मेदवारीमा दाबी बिरोध प्रक्रिया भएर गौरा सकिए पछि निर्वाचन सुरु हुने बताए ।
उम्मेदवारी फिर्ता र त्यसपछि मतदान प्रक्रिया थालिने बताइएको छ ।
सरकारले २०७४ मा यातायात समितिलाई निलम्बन गरी कम्पनी जाने निर्णय गरेको थियो ।
सरकारको निर्णय बिरुद्ध तत्कालिन महाकाली सेती यातायात व्यवसायी समिति सर्वोच्च अदालत गएको थियो ।

सर्वाच्चले समितिको पक्षमा फैसला गरेपछि गत बर्ष समितिको निर्वाचन गरेको थियो ।
सरकारले सर्वोच्चको फैसला कार्यान्वयन गर्न चासो नदेखाएपछि कम्पनीको बिशेष साधारणसभा गरिएको हो ।
गत बर्ष डम्बर राज पन्त र नबिन भट्टबीच नेतृत्वका लागि निर्वाचन भएको थियो । चुनावबाट पन्त अध्यक्ष निर्वाचित भएका थिए ।
भट्ट अहिले फेरि अध्यक्षका उम्मेदवार भएका छन् । अध्यक्षका अर्का प्रतिस्पर्धी कडेल गत बर्श समितिको उपाध्यक्ष भएका थिए ।
कम्पनीमा तीन सय ७० मतदाता छ्न । महाकाली सेती पश्चिम नेपालको पूरानो यायायात समिति हो ।
कम्पनीका अध्यक्ष पन्त हाल नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घको केन्द्रिय उपाध्यक्ष छन् ।
पन्त अहिले यातायात व्यवसाय बिषम परिस्थितिमा पुगेको बताउँछन् ।
‘आवश्यकता अनुसार सवारी भएकाले डम्पिङ्ग बस्ने अवस्था छ’ उनले भने, ‘कति गाडी चाहिने हो, त्यो अनुसार खोल्ने भन्ने हो ।’
