ghar sansar

भोटेकोशी त्रिशूली बाढी पीडितलाई भीमदत्त १३ जन प्रतिनिधिको एक महिनाको सेवा सुबिधा सहयोग

khasi

महेन्द्रनगर । भीमदत्त नगरपालिका १३ का जन प्रतिनिधिले भोटेकोशी त्रिशूली बाढी पीडितलाई एक महिनाको सुविधा बापतको रकम सहयोग गर्ने भएका छन् ।

dirghayi clinic

भदौ १० गते बिनाशकारी बाढीले रसुवा, नुवाकोट सहित १४ जिल्लामा ठूलो धनजन क्षति भएको घट्नाप्रति दुख व्यक्त गर्दै वडा समितिले राहत र उद्वार कार्यका लागि सहयोग गर्ने निर्णय गरिएको छ ।

वडा अध्यक्ष रामचन्द्र बोहराले बिपदका बेला राहत र उद्वार कार्यमा सहयोग होस भनेर प्रधानमन्त्री दैबी प्रकोप उद्वार कोषमा सहयोग रकम जम्मा गरिने वडा अध्यक्ष बोहराले जानकारी दिए ।

वडा अध्यक्ष बोहराले बिपदमा सबैले आ आफ्नो क्षेत्रबाट सक्दो सहयोग गर्न आग्रह गरेका छन् ।

Himal dental
सम्बन्धित
Loading...