ghar sansar

खल्ला मुसेट्टी जाने विद्युतका महाकाली भँगालोमा हालिएका सबै पोल डुबे, नयाँ पोल गाडेर गाडेर विद्युत सेवा सञ्चालन गर्न खोज्दै प्राधिकरण

khasi

महेन्द्रनगर । भीमदत्त नगरपालिका ९ खल्लाका हरिदत्त जोशीले गत असारमा बिद्युतका खम्बा नदीमा डुबेर बस्ती अन्धकार हुने चिन्तामा थिए ।

बस्ती बसेको लामो समयपछि उज्यालो देखेका बासिन्दा जसरी पनि बत्ती जोगाउन लागि परेका थिए । उनीहरुले साङ्सद, मेयर, सिडिओ सबैलाई गुहारेर आफ्नो पीडा सुनाए ।

सबैबाट आश्वासन पाएपछि उनीहरू आश बसे । आश्वासन अनुसार पोल सार्ने काम नभएपछि भने उनीहरू निराश भए ।

यी पोल महाकाली सारेको थियो, करिडोर काट्न सुरु भएपछि पोल सारिएका थिए, यी पोल सार्न अहिलेसम्म कोही अएका छैनन, कोही सुनि रहेका छैनन जोशीले भनेका थिए । जोशीले बाटो र बत्ती बन्द भएर बर्बाद हुने चिन्ता राखेका थिए ।

ब्रह्मदेब उत्तरको महाकाली किनारमा खल्ला, टुडीखेल र मुसेट्टीका बासिन्दाले २०७५ पछि बिद्युत सेवा पाएका हुन । त्यस अघिसम्म यो बस्तीले टुकीको मात्रै उज्यालो देखेको थियो ।

महाकाली करिडोरको ब्रह्मदेब कौवानी खण्ड निर्माण सुरु भएपछि बिद्युतका पोल महाकालीको भगालोमा सारिएका थिए । खल्लाबाट बाटो डाइभर्सन गरी आवतजावत गरिएको थियो ।

करिडोर ट्र्याक खोल्दा निस्किएको माटो, ढुङ्गा र बालुवाले बस्ती जाने बाटो बन्द हुन पुगेको थियो ।

बर्खा सुरु भएपछि बस्तीमा बत्तीको चिन्ता झन बढ्न थाल्यो । नेपाल बिद्युत प्राधिकरण महेन्द्रनगर बितरण केन्द्रको टोली जन प्रतिनिधि सहित खल्ला पुग्यो ।

वडा अध्यक्ष गगन कार्की, बितरण केन्द्र प्रमुख सन्तोस श्रेष्ठ सहितको टोलीले नदी भगालोबाट पोल हटाउने र नया पोल गाडेर बत्ती व्यवस्थापन गर्ने निष्कर्षमा पुगेर फर्किएका थिए ।

dirghayi clinic

बितरण केन्द्र प्रमुख श्रेष्ठले भगालो पारिको जङ्गलबाट सिधै खल्लासम्म तार तानेर लाइन जडान गर्न सकिने सुनाएका थिए । करिडोर निर्माण क्षेत्रमा जङ्गल पर्ने भएकाले लाइन बिस्तारका लागि नया रुट हेरिएको थियो ।

वर्खा सुरु भएर पानी परेपछि भगालो भरिएर लाइन बिस्तार रोकियो । बिद्युतका पोल डुबेपछि बत्ती बन्द भएर बस्ती अन्धकार हुन पुगेका छन् ।

अहिले प्राधिकरण लाइन जडान गर्न सक्रिय भएर लागेको छ । लाइन जडानका लागि खल्ला सम्म नया पोल पुगाइएका छन् ।

बिद्युत प्राधिकरण महेन्द्रनगर बितरण केन्द्रका सूचना अधिकारी इन्जिनियर जेनिश्री थिङ्ग खल्ला मुसेट्टीमा बिद्युत लाइन बिस्तारको काम भई रहेको बताउँछिन् ।

इन्जिनियर थिङ्गका अनुसार खल्लामा १२ पोल पुगाइएका छन् । ‘अहिले त्यहा काम भइ रहेको छ, पोल पुगाई सकेका छौ, अब पोल गाड्ने काम हुन्छ’ उनले भनिन् ।

करिडोरमा जङ्गल भएकोले अन्य ठाउबाट लैजान पर्ने भएको हुदा लाइन बिस्तार ढिलो हुन पुगेको हो। ‘रुट क्लियर गर्न समस्य भो, कोरिडोर रुट निको नै भएन’ उनले भनिन् ।

करिडोर योजना कार्यालयले बिद्युत लाइन बिस्तारका लागि कार्यालयलाई खर्च दिएको थियो । कोरिडोरको पैसाले बिद्युत तार झार्ने र लाउने काम मात्रै भएको इन्जिनियर थिङ्ग बताउँछिन् ।

भीमदत्त नगरपालिका ९ का वडा अध्यक्ष गगन सिह कार्कीले विद्युत लाइन जडान गरी सेवा सञ्चालनका लागि कार्य भई रहेको बताए ।

खल्ला मुसेट्टीमा लाइन बिस्तार गर्न सक्रियता नदेखाएको भन्दै तत्कालीन कार्यालय प्रमुख गणेश पाण्डेयलाई सरुवा गरी श्रेष्ठलाई ल्याइएको थियो ।

श्रेष्ठ असार १० गते कार्यालय हाजिर भएका थिए । उनले सेवालाई छिटो छरितो बनाउने, मिटर जडान कार्य तीब्र भएको र दोधारा चादनीमा ट्रान्सफर थप गर्ने कार्य प्राथमिकता दिइएको बताए ।

लालपुर सब स्टेसनमा आउने १३२ केभी बिद्युतमध्ये महेन्द्रनगर बितरण केन्द्रले ३३ केभी दिने गरिएको छ । केन्द्रले महेन्द्रनगर, गड्डाचौकी, कलुवापुर र दोधारा चादनी सब स्टेसनबाट बिद्युत प्रवाह गर्दै आएको छ ।

Himal dental
सम्बन्धित
Loading...