ghar sansar

धौलेपानी कटान : डर लाग्दो सेटिङ्ग, साउनमा पुगाइयो घाटगद्दी

khasi

महेन्द्रनगर । कैलाली वन डिभिजनले क्षेत्राधिकार मिचेर कञ्चनपुरको धौलेपानी राष्ट्रिय वन क्षेत्रबाट कटान गर्न लगाएको काठ अवैध रुपमा घाटगद्दी गर्न लागेको पाईएको छ ।

बाणी सब डिभिजन प्रमुख भरत शाहको मौखिक निर्देशनमा कृष्णपुर नगरपालिका २ बङ्कस्थित दिपेन्द्र स्मृति सामुदायिक वनमा घाटगद्दी गर्न खोजिएको थियो ।

बाणी सब डिभिजन प्रमुख साहले काठ घाटगद्दीबारे डिभिजन वन कार्यालयलाई जानकारी नदिई सामुदायिक वनका अध्यक्ष पुस्कर चन्दलाई मौखिक निर्देशन दिएका थिए ।

कैलाली डिभिजन प्रमुख राम बिचारी ठाकुरको आदेशमा साहले घाटगद्दी गर्न खोजेको बताइन्छ । साहले भने आफूले वन समूहका अध्यक्षलाई घाटगद्दी गर्न निर्देशन नदिएको वताएका छन् ।

साहले काठ कटान सम्वन्धि सबै जानकारी क्षेत्रीय वन निर्देशनालयबाट लिनु पर्ने भन्दै पन्छिने गरेका छन् ।

कैलाली डिभिजन प्रमुख ठाकुर २०८२ भदौमा कंचनपुरबाट सरुवा भएर कैलाली गएका थिए । त्यस अघि उनलाई कार्यकक्षमा कालोमोसो लगाइएको थियो ।

वन ऐन अनुसार कटान गरिएको काठ अर्को जिल्लामा घाटगद्दीका लागि सम्बन्धित जिल्लाबाट सहमति लिएर क्षेत्रीय वन निर्देशनायको पत्रको आधारमा जेठ सम्म गर्न सकिने व्यवस्था छ ।

धौलेपानीको काठ समन्वय र पत्र बिना साउन महिनामा घाटगद्दी गर्न खोजिएको हो । बाणी सब डिभिजन प्रमुख साह घाटगद्दी गराउन भूमिका खेलेको देखिएको छ ।

डिभिजन वन कार्यालय कंचनपुरका प्रमुख लक्ष्मी राज जोशीले वन ऐन अनुसार सहमति लिएर क्षेत्रीय वन निर्देशनालयको पत्रका आधारमा घाटगद्दी गर्न सकिने बताए ।

‘घाटगद्दीका लागि सहमति लिनु पर्छ चिठी आउन पर्छ, त्यो आएको छैन’ उनले भने ।

डिभिजन प्रमुख जोशीले बाणी सब डिभिजन प्रमुख साहले व्यवहारिक रुपमा घाटगद्दीका लागि भनेको हुन सक्ने बताए ।
साउन १५ गते बङक सहित बिभिन्न स्थानबाट काठ बरामद भएपछि धौलेपानी काठ कटान बाहिर आएको थियो ।

क्षेत्रीय वन निर्देशनालयले साउन १५ गते डिभिजन वन कार्यालय कंचनपुरका वरिष्ठ वन अधिकृत बाल मुकुन्द भट्टलाई अनुसन्धान गर्ने जिम्मा दिएको थियो ।

dirghayi clinic

वरिष्ठ वन अधिकृत भट्टले साउन २२ गते क्षेत्रीय वन निर्देशनालयलाई प्रतिवेदन बुझाएका थिए ।

दिपेन्द्र स्मृति सामुदायिक वनमा काठ घाटगद्दी गर्न आदेश दिएर बाणी सब डिभिजन प्रमुख साह बिदामा वसेका थिए ।
उनी बिदा बसेको अर्को दिन काठ बरामद गरिएको थियो ।

वन ऐनमा एक जिल्लाको काठ अर्को जिल्लाले काट्ने प्रावधान छैन । कैलाली डिभिजनले दुई जिल्लाबिच सीमा बिबाद भएकाले जङगल आफ्नो क्षेत्रमा पर्ने भन्दै रुख कटान गर्न लगाएको हो ।

कैलालीले केही बर्षदेखि केलाड क्षेत्रका वासिन्दालाई कंचनपुरमा पर्ने वन समेत सामुदायिक वन बनाएर हस्तान्तरण गरेपछि ििववाद हुँुदै आएको छ ।

अहिले रुख कटान गरिएको धौलेपानी वन क्षेत्र कृष्णपुर ४ मा पर्छ । वन प्राबिधिकले गरेको जिपीएस मापनमा काठ काटिएको क्षेत्र कैलाली सीमा भन्दा चार सय देखि एक हजार मिटरसम्म टाढा छ ।

कैलाली डिभिजनले त्यस क्षेत्रलाई केलागाड धौलेपानी वन क्षेत्र भन्दै जलपा समिललाई काठ काट्न अनुमति दिएको थियो ।

साउन १५ मा काठ बरामद हुदासम्म बाणी सब डिभिजन बेखबर भएको छ । काठ कटान भएर घाटगद्दी हुन अघि छपान मूल्याङ्कन, राष्ट्रिय स्तरको पत्रीकामा सूचना प्रकाशन लगायतका प्रक्रिया हुने गरेका छन् ।

बाणी सब डिभिजनले कृष्णपुर नगरपालिका वडा न १ देखि ५ सम्म हेर्ने गर्छ । त्यस बाहेक अन्य वडा पिपरिया सब डिभिजनले हेर्ने गर्छ ।

भरत साह दुई बर्षदेखि सब डिभिजन प्रमुख छ्न । शुक्लाफाटा सब डिभिजन पनि साहले हेद्र्दै आएका थिए । धौलेपानी कटान पछि साह शुक्लाफाँटाको जिम्मेवारी हटाइएका छन् ।
सुदूरपश्चिममा एमाले नेकपाको सरकार बनेपछि धौलेपानी काठ कटान प्रकरणको अनुसन्धान र कारवाही दुबै सुस्त हुन पुगेका छन् ।
साउन २९ गते नेकपा नेता खगराज भट्ट मुख्य मन्त्री नियुक्त भएका थिए । नेकपाका नेता प्रकाश रावल वन मन्त्री छन् ।
भट्ट मुख्य मन्त्री हुन एक साता अघि नै वरिष्ठ वन अधिकृत बाल मुकुन्द भट्टले अनुसन्धान प्रतिवेदन बुझाएका थिए ।

धौलेपानी काठ कटानमा भट्ट बाहेक अन्य दुई समिति बनेका छ्न । कैलाली डिभिजनले जिवछ यादव र कञ्चनपुरले बिशेश्वर प्रसाद जोशीलाई अनुसन्धान गर्ने जिम्मा दिएका थिए ।

जोशीले अझै प्रतिवेदन बुझाएका छैनन । अनुसन्धान पूरा भएपछि प्रतिवेदन बुझाइने जोशीले बताए ।

क्षेत्रीय वन निर्देशनालयले कैलाली डिभिज्न प्रमुख ठाकुर सहित बाणी सब डिभिजन र अत्तरिया सब डिभिजन प्रमुखलाई स्पष्टीकरण सोध्ने तयारी गरेको बताइन्छ ।

धौलेपानीमा न्यूनतम ६४ लाख मूल्यको काठ काट्न अनुमति दिईएको पाइएको छ । काटुन अनुमति दिएका १ सय ७९ रुखमा ८ हजार क्यफिट काठ उत्पादन हुने बताइएको छ ।

Himal dental
सम्बन्धित
Loading...