ghar sansar

भीमदत्त १७ मा तीज मनाउने खर्च भोटेकोशी त्रिशूली बाढी पीडितलाई सहयोग

khasi

महेन्द्रनगर । भीमदत्त नगरपालिका १७ नम्बर वडा कार्यालयले भोटेकोशी त्रिशूली पीडितलाई सहयोग गर्ने भएको छ ।

वडा कार्यालयले यस वर्ष वडामा तीज कार्यक्रम नगर्ने र तीजका लागि खर्च हुने बजेट बाढी पीडितलाई सहयोग गर्ने निर्णय गरेको छ ।

dirghayi clinic

वडा अध्यक्ष पदम  बुडाले प्राकृतिक विपदमा समयमा राहत तथा उद्धार कार्यका लागि वडाबाट ५० हजार सहयोग गरिने बताए ।

वडा कार्यालयले बर्सेनी तीज मनाउन महिलाहरुका लागि बजेट विनियोजन गर्दै आएको छ । यस वर्ष बाढीबाट पीडितहरुको राहतका लागि खर्च गरिने भएको छ ।

वडा कार्यालयले भोटेकोशी त्रिशूली बाढीमा परी मृत्यु भएका सबैमा श्रद्धाञ्जली, घाइतेहरुको स्वास्थ्य लाभको कामना र मृतकका परिवारमा समवेदना व्यक्त गरेको छ ।

वडा अध्यक्ष पदम बुडाको अध्यक्षतामा बैठक बसेर शोक प्रस्ताव र सहयोग गर्ने निर्णय गरिएको छ ।

Himal dental
सम्बन्धित
Loading...